२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

अपांगता भएकी युवतीलाई ६३ वर्षीय अवकाशप्राप्त शिक्षकले बलात्कार गरेपछि....

अपांगता भएकी युवतीलाई ६३ वर्षीय अवकाशप्राप्त शिक्षकले बलात्कार गरेपछि....

अपांगता भएकी युवतीलाई ६३ वर्षीय अवकाशप्राप्त शिक्षकले बलात्कार गरेपछि....

अपांगता भएकी युवतीलाई ६३ वर्षीय अवकाशप्राप्त शिक्षकले बलात्कार गरेपछि....

अपांगता भएकी युवतीलाई ६३ वर्षीय अवकाशप्राप्त शिक्षकले बलात्कार गरेपछि....
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • बुटवल  । अर्घाखाँचीकी रविना (नाम परिवर्तन) अशक्त तथा बौद्धिक अपांगता भएकी युवती हुन् । उमेरले २६ वर्ष पुग्दा पनि शारीरिक अशक्तताका कारण उनमा न कहिल्यै बालसुलभता देखियो न त युवतीमा हुने परिवर्तन नै देखापर्‍यो ।

    उनी सामान्य घरायसी काममा मात्रै व्यस्त रहिन् । कहिले आफ्नो घर त कहिले छिमेकीको घरमा समेत काम सघाउन जान्थिन् रविना ।
     
    गत वर्षको असारमा भने रविनाको शारीरिक अवस्थामा एकाएक फेरबदल आउन थाल्यो । रविनाको अवस्था देखेपछि छिमेकीलाई लाग्यो– कतै उनी गर्भवती त भइनन् !

    रविनाकी आमालाई चिन्ता लाग्यो । उनले रविनालाई सन्धिखर्कस्थित जिल्ला अस्पतालमा जाँच गर्न लगिन् । रविनाको ‘प्रेग्नेन्सी टेस्ट’ गराइन् । आशंका लागेजस्तै रिपोर्ट पोजिटिभ आयो । रविनाको आमा आश्चर्यमा मात्रै परिनन्, उनको होस् हवास नै उड्यो ।

    अपांगता भएकी छोरी कसरी गर्भवती भइन् ? कसले बलात्कार गर्‍यो ? रविना गर्भवती भएको हल्ला गाउँभरि फैलियो । रविनालाई बलात्कार गर्नेको खोजी सुरु भयो ।

    तर, बौद्धिक अपांगता भएकी रविनाले कसले आफूलाई बलात्कार गर्‍यो भन्न सकिनन् । यता गर्भ भने बढ्दै गयो । छिमेकीले रविनामाथि कुदृष्टि लगाउनेको खोजी तीव्र पार्दै गए ।

    छिमेकीको सहयोग र लामो प्रयासपछि रविनालाई बलात्कार गर्नेको सुराक परिवारले एक महिनापछि पाए । रविनालाई घरमा सहयोगका लागि काम गर्न बोलाउने समाजका प्रतिष्ठित मानिएकामध्येकै एक वृद्ध पुरुषले बलात्कार गरेको खुल्यो ।

    रविनालाई घरमा काम गर्ने उद्देश्यले बोलाएर बलात्कार गर्ने पुरुष केही समयअघि मात्रै शिक्षक पेसाबाट अवकाश पाएका अर्घाखाँची सन्धिखर्क–१२ का गोविन्दप्रसाद बस्याल थिए । 

    उनीविरुद्ध परिवारले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा जोहेरी हालेपछि बस्याल फरार भए ।

    बच्चा जन्मिएको तीन महिनापछि पक्राउ

    प्रहरीले गोविन्दप्रसाद बस्यालमाथि खोजीकार्य जारी नै राखेको थियो । तर, लामो अनुसन्धानपछि उनी भारत भागेको खुल्यो । प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन ।

    यता, रविनाको गर्भको बच्चा हुर्किंदै गयो । परिवार र आफन्तले समेत बलात्कार गर्ने बस्याललाई नै रविना जिम्मा लगाउने भन्दै गर्भपतनबारे कुनै प्रक्रिया थालेन । गएको कात्तिकमा रविनाको कोखबाट छोराको जन्म भयो ।

    जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बच्चा र रविनाको हेरचाह गर्न एक सेफ हाउसको जिम्मा लगाएको छ ।

    रविनाको कोखबाट बच्चा जन्मिएपछि भने गोविन्दप्रसाद बस्यालसमेत अर्घाखाँची फर्किएको सूचना प्रहरीले पायो । सोही सूचनाका आधारमा अर्घाखाँची प्रहरीले बस्याललाई आइतबार पक्राउ गर्न सफल भएको छ ।

    जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले बस्याललाई पक्राउ गरेर अनुसन्धान सुरु भएको बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा बस्यालले घरमा काम गर्न बोलाउने र आफ्नो घरका सदस्य कोही नभएको मौका छोपेर रविनालाई बलात्कार गर्ने गरेको खुलेको छ ।

    बस्याललाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अर्घाखाँची जिल्ला अदालतले पहिलोपटक पाँच दिनको अनुमति दिएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij