२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

अक्सफोर्ड कलेजमा तेस्रो मेगा फुड फेस्टिवल

अक्सफोर्ड कलेजमा तेस्रो मेगा फुड फेस्टिवल

अक्सफोर्ड कलेजमा तेस्रो मेगा फुड फेस्टिवल

अक्सफोर्ड कलेजमा तेस्रो मेगा फुड फेस्टिवल

अक्सफोर्ड कलेजमा तेस्रो मेगा फुड फेस्टिवल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • बुटवल । लुम्बिनी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड कलेजमा  तेस्रो मेगा फुड फेस्टिवल तथा लाइभ कन्सर्ट भएको छ । कलेजमा बिएचएममा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा मंगलबार फुड फेस्टिवलसँगै लाइभ कन्सर्ट र रक्तदान कार्यक्रम भएको हो । विद्यार्थीहरुले चिकन छोइला, चिकेन मोःमोः चिकेन स्वर्मा, फराई चिकेन, भेज छोइला, भेज स्वर्मा, खाजा सेट लगाएका परिकार बनाएका थिए । विद्यार्थीहरुले बनाएका उक्त परिकारहरु संचालक समिति, प्रध्यापक, शिक्षक तथा विद्यार्थीहरुले खाएका थिए ।

    विद्यार्थीहरुले तयार पारेका ती परिकारको मूल्य न्यूनतम राखिएको बिएचएम/बिआइएम कार्यक्रमका संयोजक ओमबहादुर खत्रीले बताए । फुड फेस्टिवलमा बिएचएम/बिआइएमका विद्यार्थीलाई प्रध्यापक विवेक न्यौपानेले गाईट गरेका थिए । लाइभ कन्सर्ट कार्यक्रममा विद्यार्थीहरुले आफ्ना विभिन्न सांगितीक प्रस्तुतीहरु प्रर्दशन गरेका थिए । 

    उक्त कार्यक्रममा बोल्दै त्रिभुवन विश्व विद्यालयका पूर्व अनुसन्धान केन्द्रका डारेक्टर कृष्णचन्द्र शर्माले विद्यार्थीहरुलाई अहिलेको आधुनिक युगमा सैद्धान्तिक भन्दा पनि व्यवाहिरक ज्ञान सिकाउनु अति आवश्यक रहेको बताए ।   व्यवस्थापन समितिका अध्यक्ष डा. अजित खनालले अक्सपोर्डले विद्यार्थीहरुलाई सैद्धान्तिक शिक्षामा मात्रै केन्द्रित नगरेको बताए । साथै उनले यहाँ अध्ययन गरेका विद्यार्थीहरुलाई हरेक क्षेत्रमा दक्ष बनाउनका लागि विभिन्न अतिरिक्त कार्यक्रमहरु संचालन गर्ने गरेको बताए ।

    विद्यार्थीहरुको व्यवहारिक शिक्षालाई अभिवृद्धि गर्ने उद्धेश्यका साथ कजेलले फुड फेस्टिवल तथा सांगितीक कार्यक्रमको आयोजना गरेको क्याम्पस प्रमुख मनोज मरासनीले बताए ।  क्याम्पस प्रमुख मरासिनीले कलेजमा बिएचएम अध्ययनरत विद्यार्थी इन्टनसीपको लागि युरोपका विभिन्न मुलुक सहित थाइल्याण्ड, कतार, युएई लगातका देशमा गएको बताए । त्यहाँ सिकेको ज्ञान र सीपसँगै विद्यार्थीहरुले आम्दानी समेत गर्न थालेको मरासिनीले बताए ।

    साथै कलेजले फुड फेस्टिवलसँगै आयोजना गरेको रक्तदानमा ५१ युनिट रगत सङ्कलन भएको कार्यक्रम संयोजक विष्णु खनालले बताए । रक्तदान रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको थियो । 

    कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका पूर्व अनुसन्धान केन्द्रका डारेक्टर कृष्णचन्द्र शर्मा, अक्सफोर्ड कलेज अध्यक्ष डा. अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, व्यवस्थापन समितिका सदस्य धर्म पौडेल, प्राचार्य दिनेश भुसाल, होराइजन गौतम बुद्ध माविका प्राचार्य गोपाल प्रसाद आचार्य, सहायक क्याम्पस प्रमुख इन्द्र भुसाल, प्रध्यापक नारायण सापकोटा, बालकृष्ण पोखरेल, भ्वाइस प्रिन्सिपल मोहन क्षेत्री, विश्वास ढकाल, बिबिएस, बिएडमा अध्ययनरत विद्यार्थीसहित अक्सफोर्ड एकेडेमी अन्तर्गतका सम्पुर्ण विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो । 

    सोही कार्यत्रममा कलेजले आयोजना गरेको फुटसल, वेभ डिजाइजनमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई कप, मेडल र प्रमाणपत्रले समेत सम्मान गरिएको थियो । कार्यक्रमको संचालन आकृति सुवेदी, विपिन खत्री, सोन्मा गुरूङ, मेघना सिङ, दिक्षा भट्टराई र प्रकृति न्यौपानेले गरेका थिए । 

    वि.स.२०५९ सालमा स्थापना भएको कलेजमा लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील प्रबुद्ध व्यक्तिहरुको संलग्नता रहेको छ । कलेजले हरेक वर्ष उत्कृष्ट रिजल्ट समेत ल्याउ्रँदै आएको छ । २०६७ मा बिएडतर्फ नेपाल प्रथम, बिबिएसतर्फ नेपाल द्धितीय भएको थियो ।

    त्यस्तैगरी २०७९ मा बिएचएम तेस्रो सेमेस्टरतर्फ नेपाल प्रथम, बिआइएम फस्ट सेमेस्टरमा लुम्बिनी प्रदेश प्रथम र बिआइएम पाँचौं सेमेस्टरमा पनि लुम्बिनी प्रदेश प्रथम हुन सफल भएको थियो । यसका साथै विविएस चौथो वर्षमा पनि नेपाल द्वितीय भएको विभागीय प्रमुख विष्णु बस्यालले जानकारी दिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij