२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

मौसम परिवर्तनसँगै फ्लूका बिरामी बढ्न थाले : कतिपयमा लामो खोकीसहित कडा लक्षण

मौसम परिवर्तनसँगै फ्लूका बिरामी बढ्न थाले : कतिपयमा लामो खोकीसहित कडा लक्षण

मौसम परिवर्तनसँगै फ्लूका बिरामी बढ्न थाले : कतिपयमा लामो खोकीसहित कडा लक्षण

मौसम परिवर्तनसँगै फ्लूका बिरामी बढ्न थाले : कतिपयमा लामो खोकीसहित कडा लक्षण

मौसम परिवर्तनसँगै फ्लूका बिरामी बढ्न थाले : कतिपयमा लामो खोकीसहित कडा लक्षण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • बुटवल । काठमाण्डौ बनस्थलीका २८ वर्षीय राज घिमिरेलाई ज्वरो आउने, जीउ दुख्ने, खोकी लाग्ने, घाँटी खसखस हुने, जीउ आलस्य हुने लक्षण देखियो । दुई हप्ता घरमै आराम गरेर निको भए पनि उनलाई हल्का खोकी अझै लागिरहेको छ ।

    भक्तपुरकी सानु खड्काले यो वर्षको फ्लू (इन्फ्लूएन्जा) कडा महसूस गरिन । उनले यति लामो समयसम्म खोकी लागिरहने समस्या पहिलो पटक भोग्नुपरेको सुनाईन ।

    घिमिरे र खड्का मात्रै होइन यस पटक धेरैजसोले यस्तै समस्या भोग्नुपरेको गुनासो गरिरहेका छन् । छाति तथा दम रोग विशेषज्ञ डा.नवीनकुमार मिश्राले पनि फ्लू लाग्ने सिजन सकिसक्दा पनि लामो लक्षणसहितको फ्लू देखापरिरहेको बताए।

    सामान्यतयाः नेपालमा जनवरीदेखि मार्च महिना र जुलाईदेखि सेप्टेम्बर महिनामा फ्लू बढी देखिने भए पनि यसपटक निकै लम्बिएको उनले बताए । डा.मिश्राका अनुसार मौसमी रुघाखोकीको लक्षण सामान्यतया एक हप्तामै आफैँ हराएर जाने तर केहीलाई जटिल समस्या निम्त्याउन सक्छ ।

    मौसम परिवर्तन भएसँगै फ्लूका बिरामी देखिन थालेका छन् । कतिपयमा कडा लक्षण देखिएको छ । विशेषगरी लामो समयसम्म खोकी लाग्ने समस्या देखिएको छ । यसमा अचानक ज्वरो आउनु, सुक्खा खोकी लाग्नु, टाउको दुख्नु, मांसपेशी दुख्नु, अस्वस्थ्य महसूस हुनु, घाँटी दुख्नु, नाक बग्नु आदि लक्षण देखा पर्न सक्छन् ।

    फ्लूमा खोकी गम्भीर हुनसक्छ र दुई हप्ता वा त्यो भन्दा बढी पनि रहन सक्छ । यसले श्वासप्रश्वास प्रणालीमा सङ्क्रमण गराउने भएकाले पीडितलाई भाइरल वा ब्याक्टेरियल निमोनिया (फोक्सोको सङ्क्रमण) सँगै अन्य सङ्क्रमणको खतरासमेत हुने सम्भावना सङ्क्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुनले बताए।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिट संयोजक उनले लामो समयसम्म खोकी लागिराख्ने समस्या लिएर आउने बिरामी बढिरहेको बताए । पुनले भने,‘फ्लूले धेरै लामो समयसम्म दुःख दिने गर्छ । सामान्यतयाः हप्ता वा १० दिनसम्म निको हुने फ्लू हाल थप केही हप्तासम्म लम्बिएको देखिन्छ । हप्तौँसम्म लम्बिने खोकीलाई ‘पोस्ट भाइरल कफ’ भनिन्छ ।’

    उनले कोभिडमा देखिएको गन्ध र स्वाद थाहा नपाउने लक्षण यो फ्लूमा पनि देखिएको भन्दै कोभिडका ‘सव–भेरियन्ट’ पनि हुनसक्ने आँकलन गर्न सकिने बताए । सङ्क्रामक रोग विशेषज्ञ डा.पुनले मौसम परिवर्तन र वायु प्रदूषणले पनि फ्लूको जोखिम बढाएको बताए ।

    ‘हाल हङकङ फ्लू देखिएको छ । जोखिम वर्गमा पर्ने बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी बढी जोखिममा हुन्छन् । चिकित्सकको परामर्शमा रहने र गम्भीर अवस्था देखिएमा निमोनिया हुनसक्ने भएकाले थप सतर्कता अपनाउन आवश्यक छ’, उनी भन्छन ,‘मास्क लगाउने, सरसफाइमा ध्यान दिने, सङ्क्रमित व्यक्तिबाट सजग रहने, सङ्क्रमण देखिएमा पर्याप्त मात्रामा आराम गर्ने गर्नुपर्दछ । फ्लूविरुद्ध खोप लगाउनु राम्रो हुन्छ ।’

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओे) काअनुसार मौसमी रुघाखोकीको भाइरस ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारको हुने भए पनि मुख्य रूपमा महामारीमा भने ‘ए’ र ‘बी’ भाइरस बढी फैलिने गरेका छन् ।

    डब्ल्यूएचओेका अनुसार विश्वभर हरेक वर्ष मौसमी रुघाखोकीका कारण ३० लाखदेखि ५० लाख ‘केस’ पहिचान हुने गरेका छन् । तीमध्ये दुई लाख ९० हजारदेखि छ लाख ५० हजार जनासम्मको श्वासप्रश्वासमा जटिलता आएर ज्यान गएको  तथ्याङ्कले देखाउँछन् ।

    खोपले शतप्रतिशत सुरक्षा नदिए पनि जटिलता र अस्पताल भर्ना हुनबाट जोगाउन सहयोग गर्छ । चिकित्सकहरूका अनुसार इन्फ्लूएन्जाका लक्षण सामान्यतया भाइरस भएको व्यक्तिबाट सङ्क्रमित भएको दुई दिनपछि शुरू हुन्छ । उच्च जोखिममा रहेका व्यक्तिमा गम्भीर समस्या, अस्पताल भर्ना र ज्यानैसमेत जान सक्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij