२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सिद्धार्थनगरमा ५९ वटा योजना कार्यान्वयनमा

सिद्धार्थनगरमा ५९ वटा योजना कार्यान्वयनमा

सिद्धार्थनगरमा ५९ वटा योजना कार्यान्वयनमा

सिद्धार्थनगरमा ५९ वटा योजना कार्यान्वयनमा

सिद्धार्थनगरमा ५९ वटा योजना कार्यान्वयनमा
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • भैरहवा ।  रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा पूर्वाधार निर्माणतर्फ ५९ वटा योजनाहरु बोलपत्र तथा दरभाउपत्रका माध्यमबाट कार्यान्वयन भैरहेका छ । 

    नगरपालिकाको आर्थिक वर्ष २०८१–८२ मा २०८१ पुस मसान्तसम्म सो योजनाहरु कार्यान्वयन भइरहेको छ । जस्मा ठेक्का खोलिएका योजनाहरुको काम सम्पन्न भए पश्चात् ग्राभेल सडकतर्फ ५.७ कि.मि., नाली निर्माणतर्फ ६.५ कि.मि. (एकतर्फी), आरसिसी सडकतर्फ ३५२ मिटर तथा आरसिसी भवन निर्माणतर्फ १२ वटा, ट्रसबाट निर्माण गरिने भवनतर्फ ३ वटा रहेको सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खाँले बताए । 

    सार्वजनिक जग्गा तथा नगरपालिकाका विभिन्न भवनहरुमा पर्खाल निर्माणतर्फ १३९.७५ मिटर, स्टोन मसोनरी वालतर्फ ९३ मिटर निर्माण भइरहेको छ । यसै आर्थिक वर्षमा कार्यालय सञ्चालनका लागि निर्माणमा रहेको प्रशासनिक भवन निर्माण कार्यसम्पन्न गरी सोही भवनबाट सेवा प्रवाहको शुभारम्भ हुनेछ । मेयर आवास कार्यक्रम अन्तरगत नगरका ७ विपन्न परिवारलाई घर निमार्ण भैरहेका छन । नगरका बिभिन्न ११ स्थानमा वायो ट्वाईलेट निमार्ण गरिएको उनले भने । 

    संघीय सरंचना अनुरुप नगरपालिकालाई प्राप्त जिम्मेवारी सम्पादन गर्नका लागि तयार गरिएको संगठन संरचना बमोजिम नगरपालिकाको विकास निर्माण, सेवाप्रवाह तथा दैनिक प्रशासनिक कार्य भइरहेको छ । नगर सरसफाई, सडक बत्ती व्यवस्थापन तथा नगरका विभिन्न स्थानमा गत वर्ष स्मार्ट लाइट जडान गरी सो कार्यको यस वर्ष फछ्र्यौट कार्यसम्पन्न भएको छ । नगर क्षेत्रमा रहेका छाडा पशु चौपायाका कारणले सवारी दुर्घटना हुनुका साथै पैदल यात्रुहरुलाई आवागमनमा अवरोध भइरहेकाले छाडा चौपाया व्यवस्थापन गरिएको र केही थप गरिने नगरपालिकाले जनाएको छ । नगरकाे विकासमा हामी जनप्रतिनिधीहरू एक भएर लागेका छाै, अनुगमनकाे पाटाे थप बढाउने नगरकी उपमेयर उमा अधिकारिले भनिन । 

    नगरपालिकाले छिट्टै नै नयाँ प्रशाशनिक भवनबाट सेवा सुरू गर्ने र हाटबजारकाे ए ब्ल्क पनि सँसगै सुचारू गर्ने गरी समिति बनाएकाे छ । जस्ले केही समयमै संचालन गर्छ । यस्तै बेलहिया स्थित निर्माणधिन प्रवेशद्वारकाे कामले पनि तिव्रता लिदै केही दिनमै काम सम्पन्न हुने नगरपालिकाले जनाएकाे छ । 

    फोहोरमैला दिगो, मितव्यायी एवं गुणस्तरीय व्यवस्थापनका लागि सार्वजनिक सूचनामार्फत् प्रस्ताव आह्वान गरिएको छ । साथै सोहीबमोजिम सम्झौता गरी फोहोर व्यवस्थापनको दिर्घकालीन समाधान समेत गरिनेछ । नगरको सौन्दर्यकरणका लागि तीनपांग्रे रिक्सा व्यवस्थापनका साथै ठेलाको व्यवस्थापन, पार्किङ व्यवस्थापन तथा अनाधिकृत सडक तथा फुटपाथ अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु हटाउने कार्यका साथै नगरपालिकाको नीतिगत निर्णयलाई कार्यान्वयन गर्न १५ जना नयाँ नगर प्रहरी समेत नियुक्ति गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले बताए । उनले नगरप्रहरीको अधिकतम प्रयोग गर्दै नगरपलिकाको निर्णय कार्यान्वयन देखि समस्याहरु समाधान गरिने बताए ।

    यस नगरमा तीनपांग्रे सवारीसाधनहरुको व्यवस्थापन जटिल समस्या बनिरहेको सन्दर्भमा सोको समस्या समाधानका लागि जिल्ला प्रशासन कर्यालय, रुपन्देहीको संयोजनमा कार्यविधि संशोधन गरी दर्ता थप गरी ४७३ वटा ई–रिक्साहरु दर्ता भएको प्रमुख प्रशासकिय अधिृकत थापाले भने । सो नियमन तथा अनुगमनलाई प्रभावकारी रुपमा लैजान छिमेकी पालिकाहरुसँगको समन्वयतात्मक बैठकबाट छिमेकी पालिकाहरुले २०१ माघ २० सम्म कानुन निर्माण गर्ने र २०१ फागुन २० भित्र दर्ता प्रक्रिया सम्पन्न गरी २०८१ फागुन २१ बाट नगरिभत्र दर्ता नभएका तीनपांग्रे सवारीसाधनहरु सिद्धार्थनगरभित्र प्रवेश निषेध गर्ने निर्णय भइ कार्यान्वयनको चरणमा प्रवेश गरेकोले थप सरलता भइ तीनपांग्रे सवारीसाधनहरुको नियमन तथा अनुगमन गरिने थापाले भने ।

    यस्तै एशियाली विकास बैंक, नेपाल सरकार र सिद्धार्थनगर नगरपालिकाको संयुक्त लगानीमा सञ्चालित हुन गइरहेको युआरएलआईपी योजना अन्तर्गत नगरपालिकाभित्रका सडक आरसिसी तथा अस्फाल्ट पिचमा २३.६२ किमि निर्माण हुनेछ भने सोही सडकहरुमा स्ट्रिट लाइटको समेत काम हुनेछ । नाला निर्माणतर्फ ४२.९ किमि तथा निर्माण भएका सडकहरुमा खानेपानीको पाइप नभएका स्थानहरुमा खानेपानीको पाइप आवश्यकताका आधारमा जडान हुने गरी १२ डिसेम्वर २०४ मा सिद्धार्थनगर नगरपालिका र निर्माण व्यवसायीबीच रु. १ अर्ब १८ करोड १५ लाख ८२ हजार ९ सय ३० दशमलव ८२ बराबरको कार्य गर्ने गरी सम्झौता भएको छ । सोको छिट्टै कार्य प्रारम्भ हुदै छ । डण्डा करिडोर निर्माणको लागि बिस्तृत सम्भाव्यता अध्ययन शहरी विकास मन्त्रालयमार्फत् भइरहेकोले यो समेत छिट्टै कार्यान्वयनमा आउने विश्वास छ ।

    राजश्व प्रशासनलाई चुस्त बनाउँदै विद्युतीय माध्यमबाट कर तिर्ने प्रणालीको विकास गर्न राजश्व संकलनलाई फेसलेस–क्यासलेस बनाउने नीति कार्यान्वयन भएको छ । हाल सञ्चालनमा रहेको सफ्टवेयरबाट आगामी दिनमा नागरिकले घरबाटै आफूले तिर्नुपर्ने कर तथा शुल्कहरु तिर्न बुझाउन सक्ने व्यवस्था शिघ्र कार्यान्वयन गरिने र हाल नगद बोकेर कर तथा शुल्क बुझाउन जानुपर्ने अवस्थालाई सुधार गरी क्यूआरकोर्ड मार्फत् भुक्तानी गर्न सकिने व्यवस्था सुरुवात भएको छ । नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम बमोजिम नगरपालिकाका मुख्य चोक एवं भिडभाड हुने स्थानहरुमा फ्रि वाईफाइ जोन बनाइएको छ । नगरपालिकालाई थप व्यवस्थित र सुरक्षित बनाउन अत्याधुनिक विद्युतीय प्रणाली ‘अटोमेटिक नम्बर प्लेट रिकोनाइजेसन सिस्टम (एएनपीआर) जडान गरि कार्यान्वयनमा ल्याइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij