२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनीमा सरकार बनाउन एमालेले थाल्यो पहल, प्रदेशप्रमुखलाई जानकारी सहितको पत्र

लुम्बिनीमा सरकार बनाउन एमालेले थाल्यो पहल, प्रदेशप्रमुखलाई जानकारी सहितको पत्र

लुम्बिनीमा सरकार बनाउन एमालेले थाल्यो पहल, प्रदेशप्रमुखलाई जानकारी सहितको पत्र

लुम्बिनीमा सरकार बनाउन एमालेले थाल्यो पहल, प्रदेशप्रमुखलाई जानकारी सहितको पत्र

लुम्बिनीमा सरकार बनाउन एमालेले थाल्यो पहल, प्रदेशप्रमुखलाई जानकारी सहितको पत्र
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ २२ २०८१
शुक्रवार, आषाढ २२ २०८१
  • बुटवल । नेपाली राजनीतिका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार चलाउन तयारीसंगै त्यसको असर पनि लुम्बिनी प्रदेशमा परेको छ । माओबादी केन्द्रका जोखबहादुर महराको नेतृत्वमा रहेको लुम्बिनी सरकारमा सहभागी एमाले मन्त्रीहरुले बिहिबार साँझ नै राजीनामा दिएपछि नेकपा एमालेले नयाँ सरकार गठनको काम अगाडी बढाइको छ । 


    लुम्बिनी प्रदेशमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल सुरु भएपछि लुम्बिनी प्रदेश प्रमुखको कार्यालय बुटवलमा पुगेर नेकपा एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले औपचारिक जानकारी जानकारी गराएका छन् । 


    प्रमुख सचेतक माननीय तुलसीप्रसाद चौधरीले माननीय जोखबहादुर महरा नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता गरेको, एमालेबाट मन्त्री भएका सबैले राजीनामा दिएको र अब एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रक्रिया सुरु गरिएको भन्दै प्रदेश प्रमुख माननीय अमिक शेरचनज्युलाई जानकारी पत्र बुझाएका जानकारी दिए । 


    प्रमुख सचेतक चौधरीले राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियालाई छिटो अगाडि बढाउन प्रदेश प्रमुखको कार्यालयलाई आग्रह गरिएको बताए । 


    प्रदेश प्रमुखको कार्यालय, लुम्बिनी प्रदेश, बुटवल मुकामका उपसचिव धर्मा अर्यालले उक्त जानकारी पत्र बुझ्दै माननीय प्रदेश प्रमुखको संवैधानिक निर्देशन अनुरुप आवश्यक कागजात तयार पारिने बताइन् । 


    प्रदेश प्रमुख माननीय अमिक शेरचन औषधोपचारका लागि केही दिनदेखि काठमाडौंमा रहेको उनका स्वकीय सचिव बसन्त भट्टचनले जानकारी दिए । 


    एमालेले हिजो असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिंदै मन्त्रीहरुलाई राजीनामा दिन लगाएको थियो । 


    सोही अनुरुप मन्त्रीहरू माननीय चेतनारायण आचार्य, माननीय भूमिश्वर ढकाल, माननीय दिनेश पन्थी, माननीय रत्नबहादुर खत्री, माननीय अर्जुन केसीले असार २० गते बेलुका राजीनामा दिईसकेका छन् । राजीनामा दिएका एमालेका मन्त्रीहरुलाई मुख्यमन्त्री महराले रात्रीभोज समेत दिएका थिए । 


     ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन आवश्यक हुन्छ। लुम्बिनी प्रदेशसभाको तेस्रो दलका नेता समेत रहेका महरा संग एमालेले समर्थन फिर्ता गरेसंगै अब १८ जना सांसद छन् । यता नयाँ गठबन्धनमा एमालेको २९ र कांग्रेसको २७ गरी ५६ सांसद छन्।


    यसमा साना दलहरूलाई पनि समेट्ने एमाले र कांग्रेसको योजना छ। संघमा भएको सहमतिको ड्राफ्टअनुसार लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्नेछ।


    लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २९, नेपाली कांग्रेसका २७ माओवादी केन्द्रका सभामुख सहित ११ सांसद छन्।
    यस्तै नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ र ४, लोकतान्तिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका ३-३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक र एक जना तथा एकजना स्वतन्त्र गरि ८७ सांसद छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij