२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

खल्तिबाट पैसा झिकेर हैन बिमा कार्ड झिकेर उपचार गर्ने अबस्था सिर्जना गर्नेछौ : स्वास्थ्य मन्त्री पौडेल

खल्तिबाट पैसा झिकेर हैन बिमा कार्ड झिकेर उपचार गर्ने अबस्था सिर्जना गर्नेछौ : स्वास्थ्य मन्त्री पौडेल

खल्तिबाट पैसा झिकेर हैन बिमा कार्ड झिकेर उपचार गर्ने अबस्था सिर्जना गर्नेछौ : स्वास्थ्य मन्त्री पौडेल

खल्तिबाट पैसा झिकेर हैन बिमा कार्ड झिकेर उपचार गर्ने अबस्था सिर्जना गर्नेछौ : स्वास्थ्य मन्त्री पौडेल

खल्तिबाट पैसा झिकेर हैन बिमा कार्ड झिकेर उपचार गर्ने अबस्था सिर्जना गर्नेछौ : स्वास्थ्य मन्त्री पौडेल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • बुटवल । स्वास्थ्य मन्त्री प्रदिप पौडेलले  नेपाल बनाउने जिम्मेवारी युवाहरुको कांधमा रहेको बताएका छन । नेपाल रिपब्लिक मिडीया लिमिटेडको आयोजनामा आज बुटवलमा भएको ‘म नागरिक म बनाउँछु नेपाल’ कार्यक्रममा मन्त्री पौडेलले देश बनाउने जिम्मा नेपालका हरेक नागरिकको काँधमा रहेका भन्दै  सरकारले पनि देशमा भएका सम्भावनाहरुको पहिचान गरी रोजगारी सिर्जनाकालागि नीतिगत पहल गरीरहेको बताए ।

    स्वास्थ्य मन्त्री पौडेलले नेपालीहरु विश्वमै  मेहनती र परिश्रमीको रुपमा चिनीएको भन्दै तलबी सेवासुविधा र रोजगारी को अभावका कारण विदेसीने गरेको तितो यथार्थ रहेकाले सरकार  नीतिगत सूधारमा लागेको बताए। सुलभ र गुणस्तरीय  स्वास्थ्यकालागि विषेस निति बनाउने बताए ।                    

    मन्त्री पौडेलले अब खल्तिबाट पैसा झिकेर हैन बिमाकार्ड निकालेर उपचार गर्ने अबस्थाका लागि निती निमार्णमा लागेको बतााए । नेपालमा शिक्षा, स्वास्थ्य कृषि पर्यटन, हाइड्रो मा प्रसस्त सम्भाबना रहेको ति सम्भाबना लाइ आत्मसाथ गर्दै देसमै केहि गर्छु भन्ने भाबना जगृत गर्नु पर्ने बताए।  

    सरकारले पनि देशको सबैखाले   जनसक्तीलाइ नेपालमै राख्ने वातावरण तयार गर्नु पर्ने बताए।      युवाहरुलाई आशावादी हुन आग्रह गर्दै उनले सरकारले युवा मैत्री निति निर्माणमा लगेको बताए। मन्त्री पौडेलले निजी क्षेत्रसगको सहकार्य र  लगानिमैत्री वातावरण निर्माणमा सरकार गम्भीर रहेको बताए ।

    नेपाल रिपब्लिक मिडीयाका निर्देशक शोभा ज्ञवालीले युवा तथा महिला उद्यमशिलताको विकासकालागि नीतिगत तहबाटै विशेष पहल हुनुपर्ने बताएकी छन । नेपाल रिपब्लिक मिडीया लिमिटेडको ‘म नागरिक म बनाउँछु नेपाल’ कार्यक्रमलाई सम्वोधन गर्दै निर्देशक ज्ञवालीले देशको आर्थिक समृद्धिकालागि स्वरोजगार सिर्जना गर्दै युवा तथा महिला उद्यमशिलताको विकासमा सबै लाग्नु पर्नेमा जोड दिइन ।

    महिला उद्यमी महासंघका अध्यक्ष  समेत रहेकी  ज्ञवालीले युवाहरु नै देशको मेरुदण्ड भएको भन्दै  मेरो देश म बनाउछु भन्ने  सोच र उत्साह लिएर अगाडी बढ्नु पर्ने बताइन । सरकारले पनि युवाहरुलाइ स्वदेशमै सम्भावनाको खोजी गर्ने वातावरण तयार गर्दै देशको अर्थतन्त्रसंग जोड्नकालागि विशेष ध्यान दिनु पर्ने बताइन । 

    ‘युवाहरुले नगरेको होइन अहिले पनि युवाहरु नयाँ सोँचका साथ अगाडी बढने प्रयास गरीरहेका छन, देशमै केही गरौं गर्नु पर्छ भनेर लागेका युवा र महिलाहरुलाइ प्रोत्साहन गर्दै  जनशक्तिको विदेश पलायन रोक्न सरकारले विशेष नीति बनाउनु पर्छ र सरकारको एक्लो प्रयासले मात्रै हुँदैन हामी सबै लाग्नु पर्छ’ ज्ञवालीले भनीन ।

                          
    बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले स्थानिय सरकारले शिप सहितको ब्यबहारिक शिक्षा र स्वरोजगार सिर्जनाका लागि प्राविधिक शिक्षालयको बिकास र बिस्तारमा बिषेश योजना सहितका कार्यक्रम सचालन गरिएको बताए । शिक्षा, स्वास्थ्य पर्यटन, कृषि र साना तथा मझौला उधोगमा प्रसस्त संभाबना रहेको भन्दै नगर प्रमुख पाण्डेयले स्थानिय सरकारले समुदायसगको सहकार्यमा योजना तथा बजेट केन्द्रीत गरिएको बताए ।                            

    कालिका क्याम्पस बुटवलका प्राचार्य घनस्याम पाठकले देसमा उत्पादित जनशक्ति देशमै रोक्ने गरी व्यबहारिक शिक्षाकाई प्राथमिकता दिइएको बताए। उनले कालिका क्याम्पसले संस्कार र सभ्यता सहितको शिक्षा भन्ने स्लोगन सहित बिधार्थीमा देशमै केहि गरौ भन्ने भाबना बिकास गर्न विषेस अभियान संचालन गरेको जानकारी दिए ।

    क्याम्पस प्रमुख पाठकले नेपाल रिपब्लिक मिडियाले सचालन गरेको म नागरिक म बनाउछु नेपाल अभियानले युबा बिधार्थीहरु माझ देश प्रतिको दायित्व, जिम्मेवारी बोध गराउदै नेपालमै सम्भाबनाको खोजी गर्न भुमिका खेल्ने बताए ।

    कार्यक्रममा मोटीभेस्नल स्पिकर बैंकर अनिल केसरी शाहले नेपाल प्रकृति र संभावनाको खानी देश भएकाे बताए ।  युबाहरुले देशमै सम्भाबना देख्ने वातावरण बनाउन सरकार, राजनितिक दल चुकेको भन्दै बैंकर शाहले अब देश बनाउन युबालाइ देशमै रोकिने वातावरण बनउनु पर्नेमा जोड दिए। कार्यक्रममा मोटिभेस्नल स्पिकर तथा कोकाकोला कम्पनीका निर्देशक स्नेह राजभण्डारीले नेपालमा युबाहरुका लागि बर्तमान र भविष्य दुबै उज्यालो रहेको बताइन।

    देसको बिकास र रोजगारी सिर्जनाका लागि औधोगिक विकासमा ध्यान दिनु पर्नेमा उनले जोड दिइन ।  कार्यक्रममा युबा बिधार्थीहरुले युवाहरुलाई शिक्षा, स्वास्थ्य र रोजगार सुनिश्चित गर्दै आशावादी बनाउन सरकारले बातावरण बनाउनु पर्ने बताए । शिक्षालाई ब्यबहारिक र शिपमुलक बनाउनुपर्ने सुझाब युबाहरुले दिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij