२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सरकारी नम्बरप्लेटको कारले एक्कासि ब्रेक लगाउदा छ गाडी ठोक्किए

सरकारी नम्बरप्लेटको कारले एक्कासि ब्रेक लगाउदा छ गाडी ठोक्किए

सरकारी नम्बरप्लेटको कारले एक्कासि ब्रेक लगाउदा छ गाडी ठोक्किए

सरकारी नम्बरप्लेटको कारले एक्कासि ब्रेक लगाउदा छ गाडी ठोक्किए

सरकारी नम्बरप्लेटको कारले एक्कासि ब्रेक लगाउदा छ गाडी ठोक्किए
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  • तिलोत्तमा। रुपन्देहीको तिलोत्तमामा गुडिरहेको कारले बिच सडकमा एक्कासी ब्रेक लगाउँदा ६ वटा सवारी साधन ठोक्किएका प्रहरी अनुसन्धानमा खुलेको छ ।

    बुधबार साँझ तिलोत्तमा नगरपालिका ७ भलवारी स्थित सिद्दार्थ राजमार्ग मुख्यसडक खण्डमा भैरहवादेखि बुटवल तर्फ आउँदै गरेको सरकारी नम्बर प्लेटको प्र ३–१०००२ झ ५४३८ को कारले हिडिरहेको बेला एक्कासी विच सडकमा ब्रेक लगाएको थियो ।

    एक्कासी गुडिरहेको कारले ब्रेक लगाउँदा उक्त सवारीको पछाडि आइरहेको लु ३२ प ४११४ नम्बरको स्कुटर, लु १ ब १४०५ नम्बरको मोटरसाइकल, बाग्मती वीएवी ८३०१ नम्बरको कार, बाग्मती प्रदेश ०१०३० च ५६४६ नम्बरको कार, लु १ क ५४६६ नम्बरको बस र लुम्बिनी प्रदेश ०१–००१ च ००२२८ नम्बरको भेन आपसमा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिए ।


    दुर्घटनामा परी लु ३२ प ४११४ नम्बरको स्कुटरका चालक रुपन्देहीको सैनामैना नगरपालिका २ सरैलीका ३३ वर्षीय गिरीप्रसाद थापा घाइते भएको डिएसपी कार्कीले बताए ।  
    घाइते थापाको नाक र दाँतमा सामान्य चोट लागेको र उपचारका लागि क्रिमशन अस्पताल मणिग्राम पठाइएको छ ।

    सबै चालकको सवारी चालक अनुमतिपत्र खुल्न बाँकी रहेको छ भने चालकको स्वास्थ्य जाँच गर्दा सबै चालकले मापसे सेवन नगरेको पाइएको प्रहरीले जनाएको छ । ६ वटै सवारी साधनहरु प्रहरी बिट मंगलापुरको नियन्त्रणमा रहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij