२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मध्यविन्दु बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी

मध्यविन्दु बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी

५ वटा कलेजमा संघ संगठन दर्ता, जनज्योति कलेजमा आज तालिका प्रकाशन हुँदै

मध्यविन्दु बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी

मध्यविन्दु बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी

५ वटा कलेजमा संघ संगठन दर्ता, जनज्योति कलेजमा आज तालिका प्रकाशन हुँदै

मध्यविन्दु बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  • कावासोती । तीन वटा विद्यार्थी संगठनले स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गर्दा मध्यविन्दु क्याम्पसमा संघ संगठन दर्ता गर्ने कार्यक्रम प्रभावित भएको छ ।

    पब्लिक क्याम्पस संघले मंगलबार सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार आज संघ संगठन दर्ता गर्ने कार्यक्रम रहेको थियो ।

    अनेरास्ववियु बाहेक अन्य विद्यार्थी संगठनले विद्यार्थीको नामावली सार्वजनिक गर्दा नाम ठेगाना र मोबाईल नम्बर सहित सार्वजनिक गर्नु पर्ने माग राखेको भए पनि निर्वाचन समिति उक्त कुरामा सहमत नहुदा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी र नेकपा एस निकट अनेरास्ववियुले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका हुन ।

    आफुहरुले माग हरे अनुसारको विद्यार्थीको नाम नम्बर र ठेगाना उपलब्ध गराउन नसकिने भन्दै निर्वाचन समितिले जवाफ दिए पछी बुधबार निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको नेविसंघ केन्द्रिय सदस्य खिमलाल कंडेल (बिक्रम) ले जानकारी बताए ।

    तालाबन्दी पछि प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनहरुले विद्यार्थीको नामावली प्रकाशित गर्दा नाम ठेगाना मोबाईल नम्बर सहित प्रकाशित गर्नु पर्ने बताएका छ्न विद्यार्थी संगठनहरुले राखेको माग पूरा नगरिए थप आन्दोलनको कार्यक्रम अगाडी बढाईने विज्ञप्तिमा जनाईएको छ ।

    प्रकाशित कार्यातालिका अनुसार संघ संगठन दर्ताका लागी हिजो ३ बजे सम्मको समय रहेको थियो । विद्यार्थी संघ संगठनहरुसँग आफूले अनौपचारिक छलफल गरिरहेको र छ्लफलबाटनै निकास निकालेर निर्वाचन प्रक्रिया अगाडी बढाउने क्याम्पस प्रमुख गणेशमान गिरीले बताए । क्याम्पस प्रमुख गिरीका अनुसार विद्यार्थीको नामावली सार्वजनिक गर्दा तह, संकाय र सेमेष्टर अनुसार प्रकाशित गरिने कार्यविधी रहेको छ । विद्यार्थी संघ संगठनले मागे अनुसार मोबाईल नम्बर ठेगाना भने दिन नसकिने उनक भनाई थियो ।

    मध्यविन्दु कलेज प्रशासन र विद्यार्थी संगठनबीच हिजो अनौपचारिक छलफल भएपनि सहमतिमा पुग्न नसकेको नेविसंघ नवलपुरका सभापति हरि सुवेदीले बताए ।

    नवलपुरका ६ वटा पुरानो र नयाँ थप १ गरी सात वटा क्याम्पसमा स्ववियु निर्वाचन हुने भएको हो । जसमध्ये बुधबार कुमारवर्ती बहुमुखी क्याम्पस लगायतका ४ वटा क्याम्पसमा विद्यार्थीहरुले संघ संगठन दर्ता गराएका छन् । त्यसैगरी रजहरको देवचुली कलेजमा पनि ४ वटा विद्यार्थी संघ संगठनले नाम दर्ता गराएका छन् ।

    त्यसैगरी देवचुली कलेज, एसपिएम कलेज गैडाकोट, जनमुखी आदर्श कलेज १६ नम्बर, अरुणखोला कलेज अरुणखोलामा विद्यार्थी संघ संगठनले स्ववियु निर्वाचनका लागि नाम दर्ता गराएका छन् भने आज विहीबार जनज्योति कलेज प्रगतिनगरमा निर्वाचिन गर्ने विद्यार्थी संगठनहरुबीच सहमति भएको नेविसंघ नवलपुरका सभापति हरि सुवेदीले बताए । यहाँ आज तालिका प्रकाशन हुने जनाइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij