२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

‘होस्टेल–३’को अग्रिम टिकट बुकिङ खुला, कति पायो शो ?

‘होस्टेल–३’को अग्रिम टिकट बुकिङ खुला, कति पायो शो ?

‘होस्टेल–३’को अग्रिम टिकट बुकिङ खुला, कति पायो शो ?

‘होस्टेल–३’को अग्रिम टिकट बुकिङ खुला, कति पायो शो ?

‘होस्टेल–३’को अग्रिम टिकट बुकिङ खुला, कति पायो शो ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  • काठमाडौं । शुक्रबार रिलिज हुने नेपाली चलचित्र ‘होस्टेल–३’ को अग्रिम टिकट बुकिङ खुला भएको छ । सोलो रिलिजको मौका पाएको चलचित्रले राम्रो शो पाएको छ । 

    नेपालकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले आउटलेटमा २९ शो दिएको छ । दोस्रो ठूलो चेन आईएनआई सिनेमाजमा १५ शो, वान सिनेमाजमा ९ शो पाएको छ । बिग मुभिजमा ५ शो, एफक्यूब सिनेमामा ५ शो, बिएसआर सिनेमाजमा ४ शो पाएको छ ।

    ‘होस्टेल–३’ युवा पुस्तालाई लक्षित गरेर बनाइएको छ । सशान कँडेलले निर्देशक गरेको चलचित्रको मुख्य भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायत रहेका छन् । अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् । 

    चलचित्रको कथा माधव शर्माले लेखेका हुन् । चलचित्रको निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् । कार्यकारी निर्माता शंकर कोइराला हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij