२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

हुलाकी सडक निर्माण ठप्प भएपछि गाउँपालिकाद्वारा आन्दोलन

हुलाकी सडक निर्माण ठप्प भएपछि गाउँपालिकाद्वारा आन्दोलन

हुलाकी सडक निर्माण ठप्प भएपछि गाउँपालिकाद्वारा आन्दोलन

हुलाकी सडक निर्माण ठप्प भएपछि गाउँपालिकाद्वारा आन्दोलन

हुलाकी सडक निर्माण ठप्प भएपछि गाउँपालिकाद्वारा आन्दोलन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  • बुटवल । पश्चिम नवलपरासीको प्रतापपुरमा हुलाकी सडक निर्माण कार्य अलपत्र परेको भन्दै प्रतापपुर गाउँंपालिकाले आन्दोलनको घोषणा गरेको छ । यसअघि पनि गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवसहित पालिका, प्रदेशका जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयले अनशन र धर्ना दिए पनि सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलनको घोषणा गरेका हुन् ।

    प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै यसअघि भएको सहमति अनुसार काम नभएको भन्दै फागुन २६ गते हुलाकी सडक निर्देशनालय कपिलवस्तु घेराउ गर्ने र त्यसपछि स्थानीयसहित काठमाडौं केन्द्रित आन्दोलन गर्ने उल्लेख गरेका छन् ।

    भदौ २७ गते अनशनमा बसेका जनप्रतिनिधि, स्थानीय र राजनीतिक दलका प्रतिनिधिसँग ठेकेदारले असोज महिनाबाट काम सुरु गर्ने सहमति गरे पनि सहमति कार्यान्वयन नभएपछि थप आन्दोलन गर्न बाध्य भएको गाउँपालिका अध्यक्ष यादवले बताए ।

    हुलाकी सडक निर्देशनालय अन्र्तगत गोपीगञ्जदेखि बेलाटारीसम्मको ६ दशमलव ५ किलोमिटर हुलाकी सडक ६ वर्ष हुँदा पनि सम्पन्न भएको छैन ।

    ठेकेदार कम्पनी ब्रजगुरु महालक्ष्मी र हुलाकी सडक निर्देशनालयसँग पटक पटक समन्वय गर्दा पनि काम अगाडि नबढेको भन्दै यहाँका स्थानीयले गुनासो गर्दै आएका छन् । २०७९ सालमा निर्माण सम्पन्न हुनुपर्ने सडक अझै सम्पन्न भएको छैन । जसको कारण स्थानीयले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij