२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

पत्रकार खड्काद्धारा विद्यालयमा अक्षयकोष स्थापना

पत्रकार खड्काद्धारा विद्यालयमा अक्षयकोष स्थापना

पत्रकार खड्काद्धारा विद्यालयमा अक्षयकोष स्थापना

पत्रकार खड्काद्धारा विद्यालयमा अक्षयकोष स्थापना

पत्रकार खड्काद्धारा विद्यालयमा अक्षयकोष स्थापना
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण २३ २०८१
शुक्रवार, फाल्गुण २३ २०८१
  • बुटवल । कपिलवस्तु शिवराज नगरपालिकाका पत्रकार दिपक खड्काले स्थानीय बालशिक्षा माविमा ५० हजार रुपैयांको अक्षयकोष स्थापनाका गरेका छन् । स्वर्गीय आमासावित्री खड्का र बुबा बिष्णु खड्काको स्मृतिमा उनले अक्षयकोष स्थापना गरेका हुन् ।

    पत्रकारिता संगै सामाजिक कार्यमा क्रियाशील खड्काले बिपन्न परिवारका बालबालिकालाई शिक्षामा सहयोग पुगोस् भन्ने उद्धेश्यका साथ अक्षयकोष स्थापना गरेको बताए । विद्यालयले शैक्षिक गुणस्तरमा उल्लेख्य बृिद्ध गरेको खण्डमा अक्षयकोषलाई ५ लाख सम्म पुर्‍याउने खड्काले बताए । 

    आमाले ब्राखा पालेर आफुलाई पढाएको स्मरण गर्दै खड्काले बिपन्न वर्गका  बालबालिकालाई छात्रबृत्ति मार्फत पढाईमा टेवा पुग्ने विश्वास ब्यक्त गर्दै अन्य ब्यक्तिलाइ पनि कोष स्थापना गर्न अपील गरे ।

    कार्यक्रममा नेकपा एमाले जिल्ला सचिव चन्द्र बहादुर गहतराज सिबिले अन्यत्र  ठाउँमा भन्दा बिपन्न बालबालिकाले अध्ययन गर्ने ठाउँ सामुदायिक बिद्यालयमा छात्रबृत्ति अक्षय कोष स्थापना गर्नु सराहनीय कार्य हुने बताए ।

    कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष लालबहादुर घर्ती ,वडा न.२ पा जनप्रतिनिधि यम प्रसाद भुर्तेल,पत्रकार शनिउल्ला धोबीले मन्तब्य राखेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij