२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

दलित समुदायलाई आएआर्जनमा जोडेका छौ : नगरप्रमुख पाण्डेय

दलित समुदायलाई आएआर्जनमा जोडेका छौ : नगरप्रमुख पाण्डेय

दलित समुदायलाई आएआर्जनमा जोडेका छौ : नगरप्रमुख पाण्डेय

दलित समुदायलाई आएआर्जनमा जोडेका छौ : नगरप्रमुख पाण्डेय

दलित समुदायलाई आएआर्जनमा जोडेका छौ : नगरप्रमुख पाण्डेय
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण २३ २०८१
शुक्रवार, फाल्गुण २३ २०८१
  • बुटवल ।  लक्षित वर्गको लागि बुटवल उपमहानगरपालिकाले सबैभन्दा धेरै बजेट छुट्टाएको नगरप्रमुख खेलराज पाण्डेयले दाबि गरेका छन। दलित समुदायको लागि बुटवलले आएआर्जन जोड्नेगरी बुटवल उपमहानगरपालिकाले काम गरिरहेको बताएका हुन।


     दलित उत्थान समन्वय समिती बुटवल उपमहानगरपालिकाको आयोजनामा बुटवलमा आयोजना गरिएको बुटवलमा दलित समुदायहरुको अवस्था चुनौती  तथा कानुनी सचेतना अभिबृद्धी कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख पाण्डेयले बुटवलले दलित समुदायको लागि विभिन्न कार्यक्रम गर्दै आएको बताए। 


    उनले बुटवलमा आरन ब्यवस्थापन गर्ने, सुनचाँदीका गहना बनाउने तालिम, छाला जुत्ता बनाउने तालिम, सिलाईकटाई तालिम दिनुका साथै उत्पादित सामाग्रीको बजारीकरणको काम गर्दै आएको बताए। 


    कार्यक्रममा दलित उत्थान समन्वय समिती बुटवल उपमहानगरपालिका संयोजक तथा उपप्रमुख साबित्रादेबी अर्यालले बुटवल नगर सरकारले दलित समुदायलाई सधै प्राथमिकतामा राखेर कामगर्दै आएको उल्लेख गरिन। उनले सामन्ती सोछ हटदै गईरहेको बताउदै अझै समस्या पूर्ण समाधान नभएको बताईन। 


    कार्यक्रममा पूर्वसचिव डा मान बहादुर बिक र प्रध्यापक जीवन परियारले कार्यपत्र प्रस्तुत गरेका थिए। 
    कार्यक्रममा छलफलमा बोल्ने बक्ताहरुले दलित समुदायप्रती हेर्नेको दृष्टिकोण परिवर्तन भएपनि विभेद अझै हटिनसकेको उल्लेख गरेका थिए। कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्ष र सदस्यहरु, दलित समुदायका विभिन्न पदमा रहेका ब्यक्तिहरु लगाएतले सुझाबहरु दिएका थिए। 


    समितिकासह संयोजक रबि बिश्वकर्माले दलितहरुको क्षेत्रमा भएगरेका काम र चुनौतीको बारेमा सरोकारवालाहरुलाई जानकारी गराउन कार्यक्रम आयोजना गरिएको बताए।
    बुटवल उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख दामोदर ज्ञवालीको स्वागतमा भएको कार्यक्रममा १५० बढि दलित अगुवा तथा समाजसेवीहरुको सहभागीता रहेको थियो। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij