२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सिद्धार्थ उद्योग वाणिज्य संघमा मतदान जारी (फोटोफिचर)

सिद्धार्थ उद्योग वाणिज्य संघमा मतदान जारी (फोटोफिचर)

सिद्धार्थ उद्योग वाणिज्य संघमा मतदान जारी (फोटोफिचर)

सिद्धार्थ उद्योग वाणिज्य संघमा मतदान जारी (फोटोफिचर)

सिद्धार्थ उद्योग वाणिज्य संघमा मतदान जारी (फोटोफिचर)
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शनिवार, फाल्गुण २४ २०८१
शनिवार, फाल्गुण २४ २०८१
  • भैरहवा ।  सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीमा मतदान भइरहेको छ । संघको अगामी २ वर्षे कार्यकालका लागि २९ पदको नयाँ नेतृत्वको लागि निर्वाचन कार्यक्रम भइरहेको हो । 

    अधिकांस पदाधिकारी सर्वसम्मत निर्विरोध भएपनि उपाध्यक्ष, सह–कोषाध्यक्ष, वाणिज्य महिला सदस्य, उद्योेग र वाणिज्य तर्फको खुला सदस्य पदका लगि विहान ८ बजेबाट मतदान भइरहेको छ । 

    उपाध्यक्ष (वाणिज्य) मा एक पदका लागि ३ जना हरि बहादुुर थापा, यमकला न्यौपाने र दिपक कुमार पौडेलबीच प्रतिष्पर्धा हुदैछ । त्यस्तै सह–कोषाध्यक्ष पदमा पल्लवी न्यौपाने र संजय कुमार बेरीवालबीच प्रतिष्पर्धा हुँदैछ । वाणिज्य तर्फ महिला एक सदस्यका लागि सुनयना के.सी. गिरी र मीना पन्थीबीच प्रतिष्पर्धा हुदैछ भने ।

    १० जना वाणिज्य सदस्यका लागि १९ जनाले जस्मा पूजा आचार्य, सन्दीप कुमार अग्रहरी, विशाल जैसवाल, अभिनव मयुर कसौधन, रमेश घिमिरे, धर्मराज आचार्य, प्रमोद कुमार रिजाल,अर्जुन कार्की, रमेश कानु,  कृष्ण प्रसाद अधिकारी, यजन्य प्रसाद बेलवासे, सुरेन्द्र यादव, विरेन्द्र ज्ञवाली, चन्दूकान्त भटराई, जवाहिर अग्रहरी, हरिश सेठिया, धर्मविर शर्मा , गंगा सागर अग्रहरी र प्रकाश रेग्मी प्रतिस्पर्धामा छन । यस्तै पाँचजना उद्योग सदस्यका लागि ९ जनाले प्रतिष्पर्धा गर्दैछन् । जस्मा कमल ज्ञवाली, अभिनव थापा, कृतेश कुमार श्रेष्ठ, तेजेन्द्र यादव, दिपेन्द्र पौडेल, सृजना कार्की जोशी, ओम जैशी, रचना क्षेत्री र विजय अधिकारी प्रतिस्पर्धामा उत्रेका छन । 

    २११२ सदस्य रहेको संस्थामा विहान देखि दिउसो १२ बजे सम्म ३ सय बढि मतदान भइसकेको संघका कानुनी सल्लाहकार तथा मुख्य निर्वाचन अधिकृत अधिवक्ता शिव गौडेलले जानकारी दिए ।
    मतदानका कार्यक्रम ५ बजे सम्मको लागि हुने र मतदान लगतै मतगणनाको काम सुरु गरिने मुख्य निर्वाचन अधिकृत गौडेलले भने ।

    २९ पदको निर्वाचन हुने समितिमा निवर्तमान अध्यक्ष पदेन सदस्य रहने र ३ जना सदस्य(उद्योग, वाणिज्य, पर्यटन) मनोनित गरी ३३ जनाको कार्यसमिती रहने छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij