२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मुख्यमन्त्री आचार्यद्वारा त्रिपिटक पाठ समारोहमा शान्ति र सहअस्तित्वको सन्देश

मुख्यमन्त्री आचार्यद्वारा त्रिपिटक पाठ समारोहमा शान्ति र सहअस्तित्वको सन्देश

मुख्यमन्त्री आचार्यद्वारा त्रिपिटक पाठ समारोहमा शान्ति र सहअस्तित्वको सन्देश

मुख्यमन्त्री आचार्यद्वारा त्रिपिटक पाठ समारोहमा शान्ति र सहअस्तित्वको सन्देश

मुख्यमन्त्री आचार्यद्वारा त्रिपिटक पाठ समारोहमा शान्ति र सहअस्तित्वको सन्देश
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, फाल्गुण २४ २०८१
शनिवार, फाल्गुण २४ २०८१
  • लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भगवान गाैतम बुद्धका उपदेशलाई आत्मसात गरी शान्ति, करुणा र सहअस्तित्वको भावना फैलाउन आग्रह गरेका छन ।

    अखिल नेपाल भिक्षु महासंघको आयोजनामा लुम्बिनीमा सम्पन्न त्रिपिटक पाठ समारोहलाई सम्बोधन गर्दै उनले बुद्ध शिक्षाले विश्वलाई शान्ति र सहिष्णुताको मार्गमा अघि बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

    मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई विश्वभर चिनाउन यस्ता धार्मिक तथा सांस्कृतिक गतिविधिहरू महत्त्वपूर्ण हुने उल्लेख गरे । `भगवान बुद्धका उपदेश सुन्नु, तिनलाई हृदयंगम गर्नु, र तिनलाई जीवनशैलीमा आत्मसात गर्नु नै साँचो अर्थमा पुण्यको कार्य हो,´ मुख्यमन्त्री आचार्यले भने ।

    उनले त्रिपिटक पाठ समारोह सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेल्ने अखिल नेपाल भिक्षु महासंघलगायत सम्पूर्ण आयोजकहरूलाई धन्यवाद ज्ञापन गर्दै बुद्ध जन्मभूमि लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रबर्द्धनमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

    मुख्यमन्त्री आचार्यले भगवान बुद्धका सत्य वचन लुम्बिनीबाट संसारभर फैलियोस् भन्ने शुभेच्छा व्यक्त गर्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा अझ चिनाउन यस्ता पहलहरू आवश्यक रहेको धारणा राखे । `आजको विश्वलाई शान्ति, सहिष्णुता र अहिंसाको मार्गमा अघि बढाउने दिशामा बुद्ध शिक्षाले विशेष योगदान दिन सक्छ´उनले भने -` बुद्ध धर्मको मूल सन्देश करुणा, प्रेम र शान्तिमा आधारित भएकाले यस त्रिपिटक पाठ समारोहको माध्यमबाट विश्वभर शान्तिको सन्देश फैलियोस् भन्ने कामना गर्दछु ।´

    त्रिपिटक पाठ समारोहले लुम्बिनीको पर्यटन प्रबर्द्धनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याएकाे उल्लेख गर्नुभयाे ।` लुम्बिनी नेपालकै गौरवको प्रतीक हो । यसको संरक्षण, प्रबर्द्धन तथा प्रचार–प्रसार गर्नु हामी सबैको जिम्मेवारी हो´उनले भने `त्रिपिटक पाठजस्ता धार्मिक तथा सांस्कृतिक गतिविधिहरू निरन्तर सञ्चालन गर्न सकियो भने यसले लुम्बिनीलाई विश्वभर चिनाउने मात्र होइन, समृद्ध नेपाल बनाउने अभियानमा पनि टेवा पुग्नेछ ।´

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij