२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

१२ लाख बढि पुरस्कार राशीको २३ औं तिलोत्तमा गोल्डकप चैत ९ देखि हुँदै

१२ लाख बढि पुरस्कार राशीको २३ औं तिलोत्तमा गोल्डकप चैत ९ देखि हुँदै

१२ लाख बढि पुरस्कार राशीको २३ औं तिलोत्तमा गोल्डकप चैत ९ देखि हुँदै

१२ लाख बढि पुरस्कार राशीको २३ औं तिलोत्तमा गोल्डकप चैत ९ देखि हुँदै

१२ लाख बढि पुरस्कार राशीको २३ औं तिलोत्तमा गोल्डकप चैत ९ देखि हुँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • बुटवल । २३ औ तिलोत्तमा गोल्डकप यहि चैत ९ गतेदेखि हुने भएको छ।

    रुपन्देहीको पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगी संस्था रहेको प्रतियोगिताको २३ औ संस्करण चैत ९ गतेबाट शुरु हुने भएको हो ।


    आईतबार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले प्रतियोगिताको तयारी पूरा भएको बताए । नेपालकै प्रतिष्ठित गोल्डकपमध्येको एकमा पर्ने तिलोत्तमा गोल्डकपको तयारी पुरा भएको उनले बताए ।

    ‘नेपालमा खप्टड, रारा, आहारारा र तिलोत्तमा चार मुख्य गोल्डकपमध्ये हो ।’–उनले भने । प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैया, गोल्डकप, प्रमाणपत्रबाट पुरसकृत गरिने छ । यसैगरि उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।


    यसैगरि विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।

    यो वर्ष डिफेन्डिङ च्याम्पियन मनाङ मर्याङदी क्लब सहभागी नहुने उनले बताए । प्रतियोगितामा रुपन्देही–११, संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज क्लब, थ्रि स्टार क्लब, नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, एडोर्न गडवाल स्पोर्टिङ क्लब, उज्वेकस्थान टिमलाई सहभागीताको लागि पत्राचार गरिएको उनले बताए ।


    कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेय, उपमेयर सावित्रादेवी अर्याल, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पियाले खेलकुद पर्यटनको रुपमा विकास गर्ने गरि पूर्वाधार र खेल गतिविधि भैरहेको बताए । चैत ९ गतेबाट १६ गतेसम्म संचालन हुने प्रतियोगितामा १ करोड ८ लाख रुपैया, ८८ हजार रुपैया खर्च हुने अनुमान रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij