२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपुरमा स्ववियू निर्वाचन हुने सबैं क्याम्पसमा तालाबन्दी

नवलपुरमा स्ववियू निर्वाचन हुने सबैं क्याम्पसमा तालाबन्दी

नवलपुरमा स्ववियू निर्वाचन हुने सबैं क्याम्पसमा तालाबन्दी

नवलपुरमा स्ववियू निर्वाचन हुने सबैं क्याम्पसमा तालाबन्दी

नवलपुरमा स्ववियू निर्वाचन हुने सबैं क्याम्पसमा तालाबन्दी
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • नवलपुर । नवलपुरको स्ववियू निर्वाचन हुने भनिएका सबै क्याम्पसमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरिदिएका छन् । 
    नवलपुरका १० वटा क्याम्पसका स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेका हुन् । 
    नवलपुरमा आगामी चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नहुने सम्भावना बढेको छ । विभिन्न माग राख्दै विद्यार्थी संगठनले क्याम्पसहरुमा तालावन्दी गरेपछि निर्धारित मितिमा चुनाव नुहने सम्भावना बढेको हो ।

    विद्यार्थी संगठनहरुले १० वटा क्याम्पसमा स्ववियु चुनाव गराउनु पर्ने माग गरेपनि ९ वटा क्याम्पसले मात्र चुनावी तालिका सार्वजनिक गरेका छन् । ती क्याम्पसहरुमा चैत ५ गते चुनाव हुने कार्यतालिका छ । तर १० वटै क्याम्पसमा तालावन्दी भएको अनेरास्ववियुका जिल्ला अध्यक्ष सौगात भुसालले जानकारी दिए । 

    कावासोतीमा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसमा नेविसंघ, अखिल क्रान्तिकारी र नेकपा एक निकटको अनेरास्ववियुले एक हप्तादेखि निर्वाचन कार्यालयमा ताला लगाएकोमा नेविसंघले ताला खोलेको छ भने अनेरास्ववियुले ताला थपेको छ । यो संगै सबै क्याम्पसमा अनेरास्ववियुले तालावन्दी गरेको हो ।

    क्याम्पस प्रशासनले संगठन दर्ता पश्चात विद्यार्थी संगठनहरलाई आचार सँहिता बनाउने विषयमा नबोलाएको, चुनावको पूर्वसन्ध्यामा निर्वाचन प्रकृयालाई प्रभावित गर्ने हेतुले विद्यार्थी भर्नामा व्यापक अनियमितता गरेको र निर्वाचन नगराउने र गराउन परे पनि आफू अनुकसल बनाउन प्रयासरत रहेको अनेरास्ववियुका अध्यक्ष भुसालले आरोप लगाए ।

    त्यस्तै अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष आयुष ढकालले आफूहरुका माग सम्बोधन गर्न क्याम्पस प्रशासनले वेवास्ता गरेको आरोप लगाए । 
    मध्यविन्दु बहुमुखी क्याम्पसका प्रमुख गणेशमान गिरीले विद्यार्थी सगठनहरु विद्यार्थीको फोन नम्बर उपलब्ध गराउनु पर्ने लगायत अनावश्यक माग राखेको बतार्उए । 

    क्याम्पस प्रशासन निर्वाचन गराउन प्रतिवद्ध रहेपनि विद्यार्थीको गोपनीयताका लागि फोन नम्बर भने कुनै हालतमा उपलब्ध गराउन नसकिने उनको भनाइ छ ।

    यसअघि जिल्लाका ६ वटा क्याम्पसमा मात्र चुनाव भएको थियो । यो पटक थप चार वटा क्याम्पसमा संयुक्त रुपमा स्ववियु चुनाव गराउन जिल्लामा क्रियाशिल चार विद्यार्थी संगठनले माग गरेका छन् ।

    यो पटक जनक कलेज गैँडाकोट, जनज्योती कलेज प्रगती नगर, नवजागरण बहुमुख िक्याम्पस, चोरमारा र जनमुखि आदर्श बहुमुखी क्याम्पस गैँडाकोटमा चुनाव हुनु पर्ने विद्यार्थी संगठनको माग छ । चुनावको माग गरिएका सबै क्याम्पसमा दुईसयभन्दा बढी विद्यार्थी रहेको संगठनहरुले जनाएका छन् ।

    त्रिभुवन विश्वविद्यालयको तालिका अनुसार फागुन १९ गते संघ संगठन दर्ता गर्ने, २१ गते मतदाता सूची प्रकाशित गर्ने, फागुन २५ मा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको थियो । सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने र फागुन २६ मा उम्मेदवारका लागि मनोनयनपत्र वितरण गर्ने कार्यतालिका रहेको थियो । जुन प्रभावित भइसकेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij