२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

गणेश थापाद्वारा एन्फा महासचिव राईविरुद्ध मुद्दा दायर

गणेश थापाद्वारा एन्फा महासचिव राईविरुद्ध मुद्दा दायर

गणेश थापाद्वारा एन्फा महासचिव राईविरुद्ध मुद्दा दायर

गणेश थापाद्वारा एन्फा महासचिव राईविरुद्ध मुद्दा दायर

गणेश थापाद्वारा एन्फा महासचिव राईविरुद्ध मुद्दा दायर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले वर्तमान महासचिव किरण राईविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । 

    थापाले राईविरुद्ध बेइज्जती सम्बन्धी कसुरमा मुद्दा दायर गरेको अधिवक्ता भूपेन्द्र पोखरेलले रातोपाटीलाई जानकारी दिए । राईले मुलुकी अपराध संहिता २०७४ को दफा ३०६९१०ले निषेधित र सोही दफा ९२० (क) विपरीतको कसुर गरेको जिकिरसहित दफा ३०७  को उपदफा ९१० बमोजिमको सजाय तथा सोही दफाको उपदफा ९२० बमोजिमको क्षतिपूर्ति एवं मुद्दामा लागेको खर्च समेत भर्न मुद्दामा मागदाबी गरिएको छ । 

    मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ मा कसैले कसैको बेइज्जती गरे वा गराएमा दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना तथा दुवै सजाय हुने व्यवस्था छ ।


     विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरे गराएमा थप एक वर्षसम्म कैद तथा दश हजार जरिवाना हुने समेत अपराध संहिताले भनेको छ । 

    त्यसरी विद्युतीय वा आम सञ्चारमाध्यमबाट बेइज्जती गर्ने गराउनेलाई मनासिब क्षतिपूर्ति तथा मुद्दामा लागेको खर्च समेत भराउने व्यवस्था संहिताले गरेको छ । 

    अध्यक्ष रहँदा एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको र पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि  ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्तो आधारहीन आरोप राईले आफूलाई लगाएर चरित्र हत्या गरेको थापाको जिकिर छ ।  थापाले यसअघि राईविरुद्ध प्रहरीको साइबर ब्युरो भोटाहिटीमा समेत उजुरी दिएका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij