२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

संसदीय चुनावको झल्को दिने नयाँगाउँं खानेपानीको चुनावमा कांग्रेस–राप्रपा गठबन्धनको जित

संसदीय चुनावको झल्को दिने नयाँगाउँं खानेपानीको चुनावमा कांग्रेस–राप्रपा गठबन्धनको जित

नयां नेतृत्व हत्याउन कांग्रेस–राप्रपा तथा एमाले–माओवादी र राष्ट्रिय जनमोर्चाको दुई गठबन्धन थिएभने राष्ट्रिय स्वतन्त्र पार्टी एक्लै लडेर दुबै गठबन्धनलाई कडा चुनौति दिएको छ ।

संसदीय चुनावको झल्को दिने नयाँगाउँं खानेपानीको चुनावमा कांग्रेस–राप्रपा गठबन्धनको जित

संसदीय चुनावको झल्को दिने नयाँगाउँं खानेपानीको चुनावमा कांग्रेस–राप्रपा गठबन्धनको जित

नयां नेतृत्व हत्याउन कांग्रेस–राप्रपा तथा एमाले–माओवादी र राष्ट्रिय जनमोर्चाको दुई गठबन्धन थिएभने राष्ट्रिय स्वतन्त्र पार्टी एक्लै लडेर दुबै गठबन्धनलाई कडा चुनौति दिएको छ ।

संसदीय चुनावको झल्को दिने नयाँगाउँं खानेपानीको चुनावमा कांग्रेस–राप्रपा गठबन्धनको जित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  •  बुटवल । संसदीय निर्वाचनको झल्को दिने गरी बुटवलको नयांगाउं खानेपानी संस्थामा नयां नेतृत्वका लागि भएको चुनावमा नेपाली कांग्रेस र राप्रपाको गठबन्धन विजयी भएको छ । गठबन्धनबाट अध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार मिना घर्ती ८१४ मत पाएर निर्वाचित भएकी हुन् ।


    एमाले–माओवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट एमालेका नामबहादुर कुंवरले ८०८ मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट वामदेव भुसालले ७५८ मत पाए । 


    बुटवल उपमहानगरपालिकाका वडा नं १२ र १३ का ४७ सय घरधुरी मतदाता रहेकामा २६०६ मत खसेको थियो । 
    निर्वाचनमा कांग्रेस–राप्रपाको एउटा तथा एमाले–माओवादी र राष्ट्रिय जनमोर्चाको अर्को गठबन्धन थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीले एक्लै उम्मेदवारी दिएर दुबै गठबन्धनलाई कडा चुनौति दिएको छ । संसदको तेस्रो दल माओवादी केन्द्र भने यो निर्वाचनमा निकै कमजोर देखिएको छ । 


    यस्तै उपाध्यक्षमा कांग्रेस र राप्रपाको गठबन्धनकी सिर्जना पौडेल ८१२ मत पाएर निर्वाचित हुंदा रास्वपाकी सिता ढकालले ७१८ मत र एमाले–माओवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धनकी कल्पना केसी ६८४ मत प्राप्त गरेकी निर्वाचन समितिका सदस्य गोपाल पाण्डेले जानकारी दिए । 

    सचिवमा एमाले–माओवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धनका रामप्रसाद भुसाल ८४४ मत पाएर निर्वाचित हुंदा कांग्रेस–राप्रपा गठबन्धनका रामप्रसाद पन्थीले ७८७ मत तथा स्वतन्त्र उम्मेदवार भोजराज पाण्डेले ५६१ मत पाए । कोषाध्यक्षमा कांग्रेस–राप्रपा गठबन्धनकी सुमित्रा खनालले ७८९ मत पाएर निर्वाचित हुंदा एमाले–माओवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धनकी गिता बरालले ५६४ मत र स्वतन्त्रकी तुल्सा अधिकारीले ६४२ मत पाएकी निर्वाचन समितिले जनाएको छ । सहसचिवमा एमाले–माओवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धनका ढुण्डिराज खनाल ८७७ मत पाएर निर्वाचित हुंदा कांग्रेस–राप्रपा गठबन्धनका अम्बिका पन्थीले ७२५ र स्वतन्त्र उम्मेदवार रामबहादुर थापाले ५७५ मत पाएका छन् । 

     

    अनुगमन समिति संयोजकमा कांग्रेसका गणेश आचार्यले र लेखा समिति संयोजकमा एमालेका अग्निप्रसाद पौडेल निर्वाचित भएका छन् । २३ सदस्यीय कार्यसमितिमा सदस्यहरुको मत परिणाम आउन बांकी रहेको निर्वाचन समिति सदस्य गोपाल पाण्डेले बताए । 


    स्वतन्त्र उम्मेदवार वामदेव भुसालले दुईवटै गठबन्धनले सत्ताको दुरुपयोग गर्दै मत हाल्ने ठाउंसम्मै पुगेर मतदातालाई दवाव र प्रभावित गरेर परिणाम आफ्नो पक्षमा पारेपनि नैतिकरुपले आफूहरुले जितेको दावी गरे । ‘ठूला भनिएका दलले हामीलाई अस्तित्व नै छैन भनेर खिसिट्युरी गर्ने, हेप्ने र कतै प्रतिनिधित्व नगराउने प्रवत्ति थियो’–भुसालले भने–‘खानेपानी संस्थाको यो चुनावले ठूला दावी गर्ने दलहरु उनीहरु एक्लै चुनाव लड्न सक्दैनन् भन्ने देखाइदिएको छ ।’ 


    उपभोक्ताका साझा संस्थाहरु कब्जा गरेर राजनीतिक र आर्थिक स्वार्थ पूरा गर्ने परिपाटीलाई आफूहरुले रोक्ने र महसुल घटाउन दवाव दिने भुसालले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij