बुटवल । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार (चैत ३) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले घटाइएको निगमले जनाएको छ ।
नयाँ मूल्यसूचीअनुसार, रुपन्देही सहितकाब्क बर्गका जिल्ला ल्हरुमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ पर्नेछ ।
भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।




