बुटवल । टाटा मोटर्स कम्पनीकातीन नयाँ मोडलका विद्युतीय कार बुटवलमा लञ्च गरिएको छ । टाटा कारको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी र यस क्षेत्रको डिलर सफल अटो इञ्न्टरनेश्नल प्रालिले आइतबार कालिकानगरस्थित शोरुममा कर्भ ईभिसहित टियागो ईभी र नेक्सन के थ्रि ईभी कार लञ्च गरेको हो ।
एक समारोहका बिच बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव मुक्तिप्रसाद अधिकारी र कम्पनीका उच्च तहका कर्मचारीहरुले नयाँ मोडलका कारहरु लञ्च गरेका हुन् । महासचिव अधिकारीले टाटा कम्पनी विश्व बजारमा पुरानो र नाम चलेको सवारी साधन उत्पादक कम्पनी भएकाले समयअनुसार उपभोक्ताको माग र चाहनालाई मध्येनजर गरि विद्युतीय कार नेपाली बजार बिक्री वितरण गरेको बताए । कार्यक्रममा सिप्रदीका जीएम सावन्तजंग सिजापतिले रुपन्देही टाटाको सवारी साधन खपतमा पहिलो नम्बरमा रहेको र कम्पनीले विशेष प्राथमिकतामा राख्दै आएको बताए ।
सवारी बित्रीmपछिको सेवालाई मध्यनजर गरी आधुनिक सुविधासम्पन्न वर्कसप सञ्चालनमा ल्याउने तयारीमा रहेको उनले जानकारी दिए । बुटवल शोरुममा आइतबार र सोमबार दुई दिनसम्म कार बुकिङ गर्ने उपभोक्तालाई एक वर्षलाई ईन्सुरेन्स शुल्क ब्यहोर्ने र चार्जिङ आजीवन निःशुल्क हुने उनले घोषणा गरे ।
कार्यक्रममा नेपालका लागि टाटाका कन्ट्रि म्यानेजर प्रसन्न रंगनाथनले अटो मोबाइल क्षेत्रमा टाटाको उत्पादन नेपाली बजारमा लोकप्रिय र रोजाईको साधन बनेको बताए । ग्राहकबाट प्राप्त हुने प्रतिक्रिया आफूहरुलाई सबैभन्दा धेरै उपयोगी हुने भन्दै यसको आधारमा नयांमोडेलका कार बजारमा ल्याउँदै गरेको उनले बताए ।
कार्यक्रममा सिप्रदी सेल्स चिफ म्यानेजर निर्मल खत्रीले तीन वटै नयाँ कारका विशेषताहरु प्रकाश पारे । कर्भ ईभी बजारमा सर्वाधिक रुचाइएको कार भएको उनले दाबी गरे । एडभान्स डिजाइनमा रहेको लक्जरियस र प्रिमियम वुफे डिजाइनमा यो पहिलो भएको उनले बताए । १८ इन्चको टायर, १३ इन्चको टच स्क्रिन, जेभिएलको ९ स्पिकर जडान, लगेज पर्याप्त राख्न मिल्ने प्रविधियुक्त रहेको छ । २१ वटा ईन्टेलिजेन्स फिचर, ६ वटा एयर ब्याग, ७० वाटको ब्याट्री चार्ज, पाँच वटा कलर अप्सन रहेको छ । तीन वटा कारको बजार मूल्य २६ लाखदेखि ५७ लाख रुपैयाँसम्मको रहेको छ ।
यसैगरी अघिल्लो वर्ष लञ्च भएको टियागोको नयाँ स्वरुप, फिचरमा नयाँ मोडेल बजारमा ल्याएको उनले बताए ।
उपभोक्ताको फिडब्याकको आधारमा नयाँ स्वरुपमा ल्याएको उनले जनाए । २०१८ मा पेट्रोल भर्सनमा बजारमा आएको नेक्सन २०२१ मा नेक्सन ईभी गर्दै बजारको मागअनुसार अहिले नयाँ नेक्सन के थ्रि गेम चेन्जरका रुपमा बजारमा ल्याएको उनले दाबी गरे । टाटाको नयाँ डिजिटल डिजाइनका रुप, ग्राउण्ड क्लियरेन्स, सुरक्षा सिस्टम, नयाँ टेक्नोलोजीसहितको साउण्ड सिस्टम, म्याप, सुचना दिने डिस्प्ले,६ वटा कलर अप्सनलगायत रहेको उनले जानकारी दिए ।
कार्यक्रममा सफल अटोका सञ्चालक दिनेश शर्माले सिप्रदीसँगको सहकार्यमा यस क्षेत्रमा चारपांग्रेका सबै खाले सवारी साधन बिक्री र सेवालाई थप व्यवस्थित ढंगले सञ्चालन गरेको र ग्राहकबाट राम्रो रेस्पोन्स पाएको बताए ।
कार्यक्रममा सिप्रदी सिनियर म्यानेजर डिलर सेल्स मेघराज ढुंगेल, सफल अटोका अध्यक्ष भावध्वज ढुंगाना, शोरुम म्यानेजर सन्दिप पोखरेलले आ–आफ्ना भनाइ राखेका थिए ।




