२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

भैरहवा विमानस्थलबाट ९ किलो गाँजासहित महिला पक्राउ

भैरहवा विमानस्थलबाट ९ किलो गाँजासहित महिला पक्राउ

भैरहवा विमानस्थलबाट ९ किलो गाँजासहित महिला पक्राउ

भैरहवा विमानस्थलबाट ९ किलो गाँजासहित महिला पक्राउ

भैरहवा विमानस्थलबाट ९ किलो गाँजासहित महिला पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, चैत्र ३ २०८१
सोमवार, चैत्र ३ २०८१
  • बुटवल । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ९ किलो गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा भारत, महाराष्ट्र प्रदेश मुम्बईको गुलनाज बेग रहेको प्रहरी स्रोतले जनाएको छ।

    ‘सोमबार दिउँसो थाईल्याण्डबाट थाई एयर एशियाको विमानमा आएकी उक्त महिलाको लगेज चेकजाँच गर्ने क्रममा करिब ९ किलो गाँजा बरामद भएको हो’, प्रहरी स्रोतले लुम्बिनीपत्रिकासँग भन्यो, ‘कसका लागि कहाँ लैजानका लागि ल्याएको हो ? लगायत विषय खुलेको छैन अनुसन्धान पछि खुल्नेछ ।’

    स्रोतका अनुसार बरामद गाँजा २६ थान प्याकेटमा प्याक गरेर थाई एयर एशियाको विमान मार्फत ल्याइएको थियो। गाँजासहित पक्राउ परेको महिलालाई थप अनुसन्धान र आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको बुझिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij