बुटवल । मासु व्यवसायी संघ नेपाल रुपन्देहीले २० औं स्थापना दिवसको अवसरमा रक्तदान र बृद्धाश्रममा सहयोग गरेको छ ।
संघले आफ्नै कार्यालयमा गरेको रक्तदानमा संघका पदाधिकारी, कार्यसमिति सदस्य, व्यवसायी र कर्मचारी समेत गरी २१ जनाले रक्तदान गरेका संघका महासचिव थानिश्वर सुवेदीले जानकारी दिए ।
यस्तै संघले बुटवल २ स्थित सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैंजू बृद्धाश्रममा रहेका बृद्ध बृद्धाका लागि पंखा, खाना पकाउने प्रेसर कुकर तथा फलफूल दिएको छ ।
संघले हरेक वर्ष स्थापना दिवसमा सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न रचनात्मक र मानवीइ सेवाका कार्य गर्दै आएको संघका अध्यक्ष विशाल थापाले बताए ।
संघले २० औं स्थापना दिवसको मूल कार्यक्रम तथा चौधौं साधारणसभा मंगलबार बुटवलमा गर्दैछ।




