बुटवल । मणिमुकुन्द मावि÷कलेज बुटवलले मिगौंला रोगबाट पीडित एक युवालाई उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
बुटवल आदर्शनगर निवासी सागर पाण्डे र ओम कुमारी पाण्डेका छोरा अङ्कित पाण्डेको दुवै मृगौलाले काम नगरेको हुनाले सामाजिक उत्तरदायित्व वहन गर्दै उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाका शिक्षक,कर्मचारी र विद्यार्थीले स्वेच्छिक हिसाबले संकलन गरेको ३५ हजार रुपैयां भन्दा बढी रकम प्रदान गरिएको हो ।
संस्थाले मिर्गौला पीडितकी बहिनी विद्यालयकी छात्रा दिप्ति भण्डारी मार्फत सहयोग सहयोग रकम हस्तान्तरण गरेको संस्थाका प्राचार्य टुक बहादुर क्षेत्रीले बताए । संस्थाले भैपरी आउने मानवीय सेवाको क्षेत्रमा सक्दो सहयोग विगतदेखि नै गर्दै आएको प्राचार्य क्षेत्रीले बताए ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य उमापति न्यौपाने, सहप्राचार्य दिवाकर खनालले बोल्दै मिर्गौला रोगबाट पीडित पाण्डेलाई आर्थिक सहयोगको खांचो भएकाले सबैले सक्दो सहयोग गर्न आग्रह गरे ।




