२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनीका ९५ क्याम्पसमा स्ववियू निर्वाचन जारी

लुम्बिनीका ९५ क्याम्पसमा स्ववियू निर्वाचन जारी

३६ वटामा सर्वसम्मत, बाँकीमा आज निर्वाचन

लुम्बिनीका ९५ क्याम्पसमा स्ववियू निर्वाचन जारी

लुम्बिनीका ९५ क्याम्पसमा स्ववियू निर्वाचन जारी

३६ वटामा सर्वसम्मत, बाँकीमा आज निर्वाचन

लुम्बिनीका ९५ क्याम्पसमा स्ववियू निर्वाचन जारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र ४ २०८१
मंगलवार, चैत्र ४ २०८१
  • बुटवल । लुम्बिनी प्रदेशभित्र रहेका त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ७ आंगिक तथा सम्बन्धन प्राप्त ८८ सामुदायिक गरी ९५ क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन भइरहेकाे छ ।

    प्रदेशभरका १४६ क्याम्पसमध्ये ९५ क्याम्पसमा मात्रै निर्वाचनका लागि सहमति जुटेको छ । अन्य क्याम्पसहरूमा विभिन्न संगठनहरुले गरेको विवादका कारण रोकिएको छ । निर्वाचन हुने ९५ मध्ये ३६ क्याम्पसमा सर्वसम्मत रूपमा नेतृत्व चयन भइसकेको छ तर संगठनहरुले यसलाई सार्वजनिक गरेका छैनन् ।

    आजको निर्वाचन प्रक्रिया अघि बढेपछि मात्रै सार्वजनिक गर्ने तयारीमा उनीहरू बसेका छन् । अनेरास्ववियुका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज विनिता काफ्लेका अनुसार विभिन्न क्याम्पसहरूमा भएका संगठनहरुबीच सहमति गरेर सर्वसम्मत गरिएको तर त्यसलाई सार्वजनिक नगरिएको बताइन् ।

    नेविसंघका केन्द्रीय सदस्य टिआर पाण्डेका अनुसार प्रदेशभरका सबै क्याम्पसमा निर्वाचन हुन नसकेको र सहमति भएर सर्वसम्मत भएका सबै क्याम्पसको तथ्यांक एकीकरण नगरिए पनि ३६ क्याम्पसमा सहमति भएको जनाए ।अखिल क्रान्तिकारीका प्रदेश अध्यक्ष पुष्कर शर्माका अनुसार निर्वाचन प्रक्रिया सुरु भएर पनि केही क्याम्पसमा रोकिएको छ । शर्माले रोकिएका कलेजमा सहमति गरेर छिटै निर्वाचन प्रक्रिया सुरु गरिने बताए ।

    प्रदेशका १५ क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघ, १२ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु, ५ क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), ३ क्याम्पसमा विप्लव नेतृत्वको अखिल (समाजवादी) र १ क्याम्पसमा राप्रपा निकट राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठनका उम्मेदवार सर्वसम्मत चयन भएका छन् ।

    नेविसंघका उम्मेदवार निर्वाचित क्याम्पसहरू

    नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवारहरू गुल्मी, बर्दिया र दाङका १५ क्याम्पसमा निर्वाचित भएका छन् ।

    महेन्द्र बहुमुखी क्याम्पस दाङ, रेसुङ्गा बहुमुखी क्याम्पस, चन्द्रकोट बहुमुखी क्याम्पस, मानका टीकाराम बहुमुखी क्याम्पस, रुरु संस्कृत विद्यापीठ, जनज्योति बहुमुखी क्याम्पस, सत्यवती बहुमुखी क्याम्पस, रेसुंगा बहुमुखी क्याम्पस गुल्मी, चुरे क्याम्पस, सदाशिव बहुमुखी क्याम्पस बर्दिया, अम्बिकेश्वरी क्याम्पस, भिक्टोरिया कलेज, पृथु टेक्निकल कलेज, सिद्धपृथ्वी क्याम्पस, गोरखा कलेज तथा ज्ञानदीप कलेज दाङ नेविसंघबाट निर्वाचित भएका छन् ।

    अनेरास्ववियुका उम्मेदवार निर्वाचित क्याम्पसहरू

    नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुका उम्मेदवारहरू पाल्पा, गुल्मी, रुपन्देही, बर्दिया र दाङका १२ क्याम्पसमा निर्विरोध चयन भएका छन् ।

    यसअन्तर्गत दर्छा रामपुर क्याम्पस, माण्डव्य क्याम्पस, उद्बुद्ध कलेज पाल्पा, दिवाङ आदर्श बहुमुखी क्याम्पस गुल्मी, देवदह बहुमुखी क्याम्पस रुपन्देही, बर्दिया बहुमुखी क्याम्पस बर्दिया तथा पद्मोदय क्याम्पस, दाङभ्याली कलेज, पुरन्धारा बहुमुखी क्याम्पस, कलेज अफ लाइफ साइन्स, स्वर्णिम कलेज दाङ समावेश छन् ।

    अखिल क्रान्तिकारीका उम्मेदवार निर्वाचित क्याम्पसहरू

    नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले दाङका ५ क्याम्पसमा जित हासिल गरेको छ। राप्ती इञ्जिनियरिङ कलेज, मार्क कलेज, मेट्रो कलेज, पुरन्धारा बहुमुखी क्याम्पस र ज्ञानसिन्धु कलेजमा क्रान्तिकारीको नेतृत्व चयन भएको हो ।

    विप्लव निकट अखिल समाजवादीका उम्मेदवार निर्वाचित क्याम्पसहरू

    नेकपा विप्लव निकट अखिल समाजवादी विद्यार्थी संगठनले ३ क्याम्पसमा जित हासिल गरेको छ । दाङस्थित राप्ती शिक्षा क्याम्पस र भिएन कलेजमा र झिमरुक क्याम्पस बाग्दुलामा सो संगठनका उम्मेदवार निर्वाचित भएका छन् ।

    राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठन निर्वाचित क्याम्पस

    राप्रपा निकट राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठनले दाङको दीपशिखा कलेजमा नेतृत्व पाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij