२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

‘स्पाको नाममा अनैतिक र अमर्यादित गतिविधि’

‘स्पाको नाममा अनैतिक र अमर्यादित गतिविधि’

‘स्पाको नाममा अनैतिक र अमर्यादित गतिविधि’

‘स्पाको नाममा अनैतिक र अमर्यादित गतिविधि’

‘स्पाको नाममा अनैतिक र अमर्यादित गतिविधि’
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र ४ २०८१
मंगलवार, चैत्र ४ २०८१
  • भैरहवा । पछिल्लो समयमा भैरहवा क्षेत्रमा च्याउ जस्तै खुलेका स्पा तथा मसाज सेन्टरहरूमा अमर्यादित र अनैतिक गतिविधि हुने गरेको स्थानीयको गुनासो बढ्न थालेको छ । सम्बन्धित सरकारी निकायले प्रभावकारी अनुगमन नगर्दा निश्चित मापदण्ड विनै स्पा सेन्टरहरु जथाभावी खुलेका र त्यहाँ यौनजन्य अनैतिक गतिविधि समेत हुने गर्दा सामाजिक मर्यादामा खलल पुगेको एक स्थानीयले गुनासो गरे ।


     सिद्धार्थ  नगरपालिकामा आधिकारिक रुपमा आठ वटा स्पा दर्ता भएको अभिलेख छ । तर बजारमा ५० भन्दा बढी स्पा सञ्चालनमा छन् । 


    एकातिर विना दर्ता, अर्कोतिर स्पा सेन्टरमा कार्यरत महिलाहरूले मसाजसम्बन्धी तालिम लिएको कुनै आधिकारिक प्रमाणपत्र नभएको, स्पा सञ्चालकले महिला कर्मचारीलाई न्यून तलब दिने र ग्राहकसँग अनैतिक यौनजन्य गतिविधि गर्न प्रोत्साहन गर्ने गरेको प्रश्नहरू उठ्न थालेकाले प्रहरी प्रशासनबाट नियमित प्रभावकारी अनुगमनको खाँचो देखिएको नगरपालिकाकै जनप्रतिनिधिहरुको भनाइ छ ।  


    ‘देवकोटा चोकदेखि आँखा अस्पताल आसपासको क्षेत्रमा स्पा सेन्टरका अमर्यादित गतिविधिले परिवारका सदस्य र आफन्तसँग हिंड्नै लाजमर्दो भएको छ,’ एक स्थानीयले भने–‘च्याउ जस्तै खुलेका स्पा सेन्टरले सामाजिक मूल्य मान्यतामा खलल पुराउनुका साथै स्पा व्यवसायमा अनैतिक क्रियाकलापको चर्चाले त्यहाँ कार्यरत महिलाहरूको प्रतिष्ठा र सुरक्षामा नकारात्मक प्रभाव पारेको छ ।’ 


    स्पा सञ्चालनमा सामाजिक सरोकारवालाहरूको भूमिकालाई प्रभावकारी बनाउन आवश्यक रहेको र अनुमति विना नै स्पा सञ्चालन गरेको पाइएकोले दर्ता प्रकृयामा लैजाने र नियमानुसार दर्ता नगरी मापदण्ड विपरीत सञ्चालन भएका स्पा÷मसाज सेन्टरहरुलाइ कारवाहीको दायरामा ल्याउने अभियानमा लागेको सिद्दार्थनगरको उप–मेयर उमा अधिकारी भनाइ छ । महिलाहरुले रोजगार पाएता पनि  कार्यरत महिलाहरूको सुरक्षाका लागि प्रभावकारी नीतिहरूको अभाव रहको उनले स्वीकार गरिन् । 


    स्पा-मसाज व्यवसायमा कार्यरत महिलाको सुरक्षाका लागि स्पष्ट कानुनी प्रावधानहरू आवश्यक रहेको उनले औंल्याइन् । अनैतिक क्रियाकलाप रोक्न कडा कानुनी व्यवस्था लागू गर्नुपर्ने र सम्बन्धित प्रशासनिक निकायहरूले नियमित रूपमा स्पा सेन्टरहरूको अनुगमन र निरीक्षण गरी मापदण्ड विपरीतका क्रियाकलाप रोक्नुपर्ने उनले बताइन् । 
    भिम कार्की (प्रशिक्षार्थी)

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij