२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बुटवलका विद्युतीय रिक्सा व्यवसायी संगठित

बुटवलका विद्युतीय रिक्सा व्यवसायी संगठित

व्यवस्थापन समिति बनाएर हस्तान्तरण गर्न उपमहानगरलाइ सुझाब

बुटवलका विद्युतीय रिक्सा व्यवसायी संगठित

बुटवलका विद्युतीय रिक्सा व्यवसायी संगठित

व्यवस्थापन समिति बनाएर हस्तान्तरण गर्न उपमहानगरलाइ सुझाब

बुटवलका विद्युतीय रिक्सा व्यवसायी संगठित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र ४ २०८१
मंगलवार, चैत्र ४ २०८१
  • बुटवल । सुन्दर शहरको परिकल्पनासहित भित्रिएका ई–रिक्साको दीर्घकालीन व्यवस्थापनमा बुटवल उपमहानगरपालिका चासो नदिएको भन्दै विद्युतीय रिक्सा व्यवसायी संगठित भएका छन् । मंगलबार बुटवलमा ई–रिक्सा व्यवस्थापन भेला राखेर पाँच वटा समितिले ई–रिक्सा व्यवस्थापन संघर्ष समिति, बुटवल गठन गरेका हुन् । 

    समितिमा हरियाली यातायात प्रालि, सत्यवती यातायात प्रालि, स्वतन्त्र ई–रिक्सा तथा अटो टयाम्पो चालक संघ, नेपाल अटो टयाम्पो तथा ई–रिक्सा चालक संघ र अखिल नेपाल क्रान्तिकारी चालक संघ रहेका छन् ।

    भेलाले बुटवलमा ई–रिक्सा भित्रिएको दश वर्ष पुग्दासमेत स्थानीय सरकार व्यवसायी र मजुदूरलाई दुःख दिने नियतमा मात्र लागेको भन्दै आफूहरुको मागलाई गम्भीर रुपमा लिएर समाधान पहल गर्न आग्रह छ । बुटवलमा अहिले १ हजार ४४० वटामा रिक्साको कोटा तय गरेको छ । १४४० संख्या निर्धारण गर्दा समेत धेरै व्यवसायी दर्ता हुन सकेका छैनन । 

    भेलामा बोल्दै हरियाली यातायात प्रालिका अध्यक्ष कृष्णप्रसाद तिवारीले व्यवसायीसँग सहकार्य नगरी उपमहानगरपालिका अघि बढेको बताए । सत्यवती यातायात प्रालिका संरक्षक ध्यानबहादुर राईले बुटवलमा अटो रिक्सा व्यवसायीहरु संगठित भई पालिकालाई घचघचाउनुपर्नेमा जोड दिए ।

    स्वतन्त्र ई–रिक्सा तथा अटो टयाम्पो चालक संघका अध्यक्ष फूलकुमार चौधरीले व्यवसायीलाई दोहोरो करदेखि जरिवानामा ज्याजति भइरहेको बताए । अन्य सहरको तुलनामा बुटवलमा ई–रिक्सालाई हेर्न नजर गलत रहेको व्यवसायीको गुनासो छ । 

    यातायात र बुटवल उपमहानगरपालिकामा व्यवसायीले कर तिर्छन । रुट पर्मिट, पाकिङ सुविधा र व्यवसायीको बिल बुक नगरपालिकाले राख्ने, जरिवाना ५ सय, १ हजार र १५ सय हुँदै जान मापदण्ड भए पनि सिधै दुई हजार जरिवाना काटेर व्यवसायीलाई विस्थापित गर्न खोजिएको राईको भनाइ छ । बुटवलमा झण्डै ५ हजार रिक्सा सञ्चालनमा रहेको व्यवसायी बताउँछन ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij