२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

त्रिभुवन बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका घर्ति मगर बिजयी

त्रिभुवन बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका घर्ति मगर बिजयी

त्रिभुवन बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका घर्ति मगर बिजयी

त्रिभुवन बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका घर्ति मगर बिजयी

त्रिभुवन बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका घर्ति मगर बिजयी
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
बुधवार, चैत्र ५ २०८१
बुधवार, चैत्र ५ २०८१
  • कृष्ण पोखरेल - पाल्पा । त्रिभुवन बिश्वबिद्यालय स्थापना हुनुभन्दा पहिले नै स्थापना भएको पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा स्वतन्त्र बिद्यार्थी युनियनको सभापति पदमा अनेरास्ववियु क्रान्तिकारी बिजयी भएको छ ।

    बुधबार सम्पन्न मतगणनामा अखिल क्रान्तिकारीका मिलन घर्ति मगर बिजयी भएका हुन् । उनले कुल खसेको १२२८ मतमा ३९० प्राप्त गरी बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाल बिद्यार्थी संघका कृष्ण अर्यालले ३४२ मत प्राप्त गरेको निर्वचन अधिकृत जीवन बहादुर थापाले बताए । 

    त्यस्तै सचिब पदमा नेपाल बिद्यार्थी संघका शुसिल बस्यालले ५१७ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी अखिल क्रान्तिकारीका विपिन पंगेनीले ३३२ मत पाए  । कोषाध्यक्षमा नेपाल विद्यार्थी संघकी मिस्मा रानाले ४१६ मत पाइन् भने उनका निकटतम् प्रतिद्धन्द्धी गंगादेवी बाह्घरेले ३४५ मत पाएकी छन् ।

    सदस्यहरुमा नेविसंघकी आशिका विश्वकर्माले ३९०, ज्योति दर्लामीले ४२६, तोरण रास्कोटीले ३८७, नविन थापा ३९८, बबिता थापाले ४०५, सुजल भटराईले ४५२ र अखिल क्रान्तिकारीकी इच्छा थापाले ३६० मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत थापाले जानकारी दिए । त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा स्ववियुका लागि भएको मतदानमा १ हजार २२८ मत खसेको थियो । कुल मतदाता विद्यार्थी १ हजार ८९४ रहेका थिए ।

    रामपुर नगरपालिकास्थित शहिद बहुमुखी क्याम्पसमा भने मत गणना स्थगित भएको छ । ७१३ मतदाता रहेको क्याम्पसमा ५७१ मत खसेको थियो । जसमा ९७ मत गणना गर्न बाँकी रहदा बिबाद उत्पन्न हुँदा प्रहरीले हवाईफायर गरेपछी मनगणना स्थागित भएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij