बुटवल । बुटवलमा प्रधान कार्यालय रहेको हरियाली यातायातले ईलाका प्रहरी कार्यालय बुटवलका नवआगन्तुक डिएसपिलाई स्वागत तथा सम्मान गरेको छ। यातायात कार्यालयमा एक कार्यक्रमका बिचमा इलाका प्रहरी कार्यालय बुटवलका डिएसपि इन्द्र बहादुर रानालाई स्वागत तथा सम्मान गरेका हुन।
कार्यक्रममा बोल्दै डिएसपि रानाले ईरिक्साले महिलाहरु तथा युवालाइ स्वरोजगार बनाईरहेको बताउदै दर्ता प्रक्रियामा गएर सञ्चालन गर्नको लागि आग्रह गरे। यातायातका साधनमा हिड्ने चालकहरुले समाजका हरेक अवस्थामा भिड्ने भएकोले यातायात समितिका सदस्यहरु बिना बर्दिको प्रहरी रहेको संज्ञा दिए।
उनले सवारी दर्ता गर्दा दुर्घटना लगायतका कुराहरुमा सहयोगी हुने बताउदै घाइते भएमा बिमामार्फत उपचारमा सहयोगी बन्ने भएकोले दर्ता गर्न आग्रह गरे। उनले आफू बुटवल आएको १ महिना भएको बताउदै यस क्षेत्रमा भएका विभिन्न समस्या समाधानहरुको बाटोमा जाने हरेक कार्यमा सहकार्य गर्न तयार रहेको बताए।
स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै यातायातका अध्यक्ष कृष्ण प्रसाद तिवारीले यातायात प्रालिले गर्दै आएका कामहरूको बारेमा बताएका थिए। उनले स्वरोजगार बनाउने माध्यम बनेको ई रिक्सा सञ्चालन ब्यवस्थापनमा आवश्यक सहयोग र सहकार्य गर्न आग्रह गरे।
उनले बुटवल उपमहानगर क्षेत्रभित्र १४४० इरिक्सा दर्ता हुने प्रकृयाले ब्यवसायी समितिलाई उपमहानगरले बेवास्ता गर्दा अवस्था भयावह बन्दै गईरहेको बताए।स्वागत तथा सम्मान कार्यक्रममा यातायातका सचिव नारायण न्यौपाने , कोषाध्यक्ष प्रज्वल शेखर बज्राचार्य, कार्यालय सचिव कमल प्रसाद पोखरेलले बोल्दै प्रहरी र हरियाली यातायातका सवारी र प्रहरीको सम्बन्ध बलियो बनाउनुपर्ने बताएका थिए।
हरियाली यातायात अहिले २ सय बढी ई रिक्सा संगठित छन। यद्यपि बुटवलका बजारमा ५ हजार सेरोफेरोमा ईरिक्सा सञ्चालन भईरहेका छन।




