परासी । नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीमा आवद्ध पत्रकारहरु स्थानीय विकासमा सञ्चारको भुमिका सम्बन्धी तालीम आज सुस्तामा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अथिति सुस्ता गाउँपालिकाका प्रमुख टेक नारायण उपाध्यायले सुस्ता गाउँपालिका विकासको कार्यक्रममा आर्थिक वर्ष ८०/८१मा ९३%सहित विकासमा पहिलो भएको र नारायणी नदीबाट ठुलो राजस्व सङ्कलन गर्न सफल भएको बताए ।
पर्यटकीय स्थलको रूपमा बिकास भएको सुस्ता झोलुङ्गे पुलमा पाँच कठ्ठा जग्गा लिजमा लिएर चमेना गृह, सौचालय र पार्किङ स्थलको व्यावस्थापन गरिएको बताए । सुस्तामा सहरीबिकास कार्यक्रम अन्तरगत सुस्तामा जनता आवास कार्यक्रम कार्यक्रम सञ्चालन गरिएको र धेरै जनताको नागरिकता नभएकाले आवास र बिजुलीको व्यावस्था गर्न नसकिएको जानकारी दिए ।
२०२४ सालमा नागरिकता नलिएका व्यक्तिलाई लालपुर्जा वितरण गरेपछि अहिले नागरिकता वितरण र बिदुत मिटरको सिफारिस दिन नसकिएको बताए । शित भण्डार बने पनि जनताले उत्पादनको सामग्रीहरू नराखेकाले ठेक्कामा दिएर राजस्व सङ्कलन गरिने बताए ।पत्रकारले आफ्नो दक्षता पर्दशन गरेमा विकासको काममा पनि सहजता हुने हुनाले सकारात्मक क्षेत्रमा कलम चलाउनेमा जोड दिए ।
त्यसैगरी सुस्ता गाउँपालिकाकी उपप्रमुख गिता चौधरीले महिलाको हकमा तालिमका अवसरहरूको व्यावस्था गरी आत्मनिर्भर बताईन । जेष्ठ नागरिकलाई स्वास्थ्य सुधारकालागि र स्वास्थ्य संस्थामा सहजरुपमा स्वास्थ्य सेवाको कार्यक्रम सञ्चालन गरिएको बताईन । फोहोर व्यवस्थापनका निमित्त फोहर संकलन गर्न ट्याक्टर सञ्चालन गर्न गाउँपालिका अगाडी बढेको जानकारी दिईन । विकासका पुर्वाधार कार्यक्रमहरूको अनुगमनका कार्यमा आफु प्रतिवद्ध रहेकाे उनकाे भनाई थियाे।
सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुषालले यस वर्ष ६६ करोड ४८ लाखको पुँजीगत र चालुवजेट रहेको हुँदा विकासको लागि नमुना सुस्ता बन्दै गएको बताए ।सुस्तामा हरेक सडक कालोपत्रे भएको र अध्यक्ष नमुना सडक अन्तर्गत पाँचओटा वडालाई जोडिएको छ।
सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत २ करोड ५० लाखको योजनामा करिब ७५ जना विपन्न परिवारका निम्ति जनता आवास कार्यक्रम अन्तरगत घर निर्माणका काम भएको छ। सुस्तामा खेलाडी उत्पादन गर्न २ करोड ९० लाखको योजनामा कवड हल निर्माण गरिएको हो। सुस्ता गाउँपालिकामा गौरवको योजनामा अन्तर्गतको १ करोड ९५ लाखको लागतमा सुस्ता ताल निर्माण गरी पर्यटकीय क्षेत्रको रूपमा अगाडी बढेको हो।
विद्यालयको शिक्षामा सुधार ल्याउन ५० बर्ष नाघेका शिक्षकलाई गोल्डेन हेन्सचेक मार्फत अवकाश प्रोत्साहन दिएर नयाँ शिक्षकहरूको व्यावस्था गरिएको छ। सुस्ता गाउँपालिकामाले यस आर्थिक वर्षमा ३०० ओटा योजना अनुसार कार्यक्रम सञ्चालन गरिएको बताए।
नेपाल पत्रकार महासंघका पश्चिम नवलपरासीका अध्यक्ष केशब पराजुलीको सभाध्यक्षता सञ्चालित दुइदिने तालिममा पत्रकार आरपी उपाध्याय, नेपाल पत्रकार महासङ्घ पश्चिम नवलपरासीका निवर्तमान अध्यक्ष हरि शर्माले शुभकामना मन्तव्य, तालिम राष्ट्रिय समाचार समितिले लुम्बिनी प्रदेश प्रमुख भरत केसीले सहजीकरण गर्नुभएको कार्यक्रममा सचिव अनिल यादवको सञ्चालन र उपाध्यक्ष विकास अधिकारीले धारण राखेका थिए ।




