२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

अन्तर्राष्ट्रियस्तरको ओआईडीपी अवार्डमा तिलोत्तमालाई भोट दिन अपील

अन्तर्राष्ट्रियस्तरको ओआईडीपी अवार्डमा तिलोत्तमालाई भोट दिन अपील

विश्वका ३७ देशका स्थानीय र प्रदेश सरकार गरी १३७ मध्ये छनोट भएका उत्कृष्ट ४० आवेदक बीच मार्च २८ सम्म अनलाइन भोटिङ गराई मे महिनाको २१ देखि २३ सम्म अवार्ड विजेता घोषणा गरिने छ । तिलोत्तमा नेपालबाट मात्र नभई सार्क राष्ट्रहरुबाट छनोट भएको एक मात्र पालिका हो ।

अन्तर्राष्ट्रियस्तरको ओआईडीपी अवार्डमा तिलोत्तमालाई भोट दिन अपील

अन्तर्राष्ट्रियस्तरको ओआईडीपी अवार्डमा तिलोत्तमालाई भोट दिन अपील

विश्वका ३७ देशका स्थानीय र प्रदेश सरकार गरी १३७ मध्ये छनोट भएका उत्कृष्ट ४० आवेदक बीच मार्च २८ सम्म अनलाइन भोटिङ गराई मे महिनाको २१ देखि २३ सम्म अवार्ड विजेता घोषणा गरिने छ । तिलोत्तमा नेपालबाट मात्र नभई सार्क राष्ट्रहरुबाट छनोट भएको एक मात्र पालिका हो ।

अन्तर्राष्ट्रियस्तरको ओआईडीपी अवार्डमा तिलोत्तमालाई भोट दिन अपील
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, चैत्र ६ २०८१
बिहिवार, चैत्र ६ २०८१

  • तिलोत्तमा । नेपालबाट रुपन्देहीको तिलोत्तमा नगरपालिका छनोट भएको नागरिक सहभागितामा असल अभ्यासको अन्तर्राष्ट्रिय अवार्डका लागि आयोजकले अनलाइन भोटिङ खुला गरेको छ । 
    स्पेनको इन्टरनेसनल अब्जरभेटरी अन पार्टिसिपेसन डेमोक्रेसी संस्थाले १९ औं संस्करणको ओआईडिपी अवार्डका लागि मागेको आवेदनमा विश्वका ३७ देशका स्थानीय र प्रदेश सरकार गरी १३७ मध्ये उत्कृष्ट ४० बीच अनलाइन भोटिङ खुला गरेको हो । 


    उक्त अवार्डमा रुपन्देहीको तिलोत्तमा नगरपालिका फाइनल प्रतिस्पर्धाका लागि यसअघि नै छनोट भएको छ । 
    अब ४० आवेदकबीच मार्च २८ सम्म हुने अनलाइनमार्फत हुने खुला भोटिङको ५० अंक र जुरी (निर्णायक) को ५० अंकका आधारमा अवार्ड विजेता घोषणा गरिने ओआईडीपीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । 
    मे महिनाको २१ देखि २३  सम्म अर्जेन्टिनाको कोर्डोबामा हुने २४ औं ओआइडिपी कन्फेरेन्स (सम्मेलन) मा अवार्ड वितरण गरिने छ । 


    नगरवासीको वृहत सहभागितामा हरेक महिनाको १ गते र १५ गते नगर सरसफाई तथा हरियाली प्रवद्र्धन अभियानलाई २०७४ सालदेखि ८ वर्षसम्म निरन्तर सञ्चालन गरेकाले तिलोत्तमा नगरपालिकाका यो अवार्डको फाइनलमा पुग्न सफल भएको नगरप्रमुख रामकृष्ण खांणले बताए । नेपालको मात्र नभई सार्क राष्ट्रहरुमध्येबाट तिलोत्तमा मात्रै अवार्डको अन्तिम प्रतिस्पर्धामा पुग्न सफल भएकाले अब विजेता बनाई नेपालको नाम संसारभर थप चिनाउन  विश्वभर रहेका नेपालीलाई  अनलाइन भोटिङ गरिदिन नगरप्रमुख खांण र उपप्रमुख जगेश्वरदेवी चौधरीले अपील गरेका छन् । 


    ‘विश्वभर पारिस्थितिक प्रणाली र वातारणको विषय ज्वलन्त समस्या बनेको छ, हामीले वृहत जनसहभागितामा हरियाली प्रवद्र्धन र नगर ससरफाईमा नमूना काम गरेका छौं,यसलाई नेपालभर र विश्वभर चिनाउन, देखाउन यो अवार्डले ठूलो भूमिका खेल्नेछ’–खांणले भने ।  
    उपप्रमुख चौधरीले तिलोत्तमाले ८ वर्षसम्म निरन्तर जारी राखेको जनसहभागितामा आधारित नगर सरसफाई र हरियाली प्रवद्र्धन अभियानकै कारण खुला पोलिथिनमुक्त वातावरणमैत्री नगर भएकोले यो  उपलब्धीलाई थप उचाईमा पुराउन ओआईडीपी अवार्डमा विजेता बनाउन नेपाल र विश्वभरका नेपालीबाट अनलाइन भोटको सहयोग आवश्यक  रहेको बताइन् । 
     नगरपालिकाका सूचना अधिकारी माधव पोखरेलले ओआइडिपीले विभिन्न पाँच विधामा अनलाइन भोटिङ गर्नुपर्ने नियम बनाएकाले एउटा मात्र विधामा भोट दिंदा रद्द हुने बताए । तिलोत्तमालाई  पारिस्थितिक संक्रमण र वातावरण (इकोलोजिकलक ट्रान्जिसन एण्ड इन्भाइरन्मेन्ट) विधामा मत दिन सकिने उनले बताए  । 
    ओआइडिपीको वेबसाइटमै गएर इमेल खाता सिर्जना गरी मत दिन सकिने उनले बताए ।
    तिलोत्तमा नगरपालिकाले २०७४ सालदेखि हरेक १५ दिनमा जनसहभागितामा सरसफाई तथा हरियाली प्रवद्र्धन अभियान आठौं वर्षमा निरन्तर चलाउँदै आएको छ । उक्त अभियानको १४० औं श्रृंखला सम्पन्न भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij