२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

मोतियाबिन्दु भएका व्यक्तिहरूको निःशुल्क शल्यक्रिया

मोतियाबिन्दु भएका व्यक्तिहरूको निःशुल्क शल्यक्रिया

मोतियाबिन्दु भएका व्यक्तिहरूको निःशुल्क शल्यक्रिया

मोतियाबिन्दु भएका व्यक्तिहरूको निःशुल्क शल्यक्रिया

मोतियाबिन्दु भएका व्यक्तिहरूको निःशुल्क शल्यक्रिया
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, चैत्र ६ २०८१
बिहिवार, चैत्र ६ २०८१
  • तिर्थराज डुम्रे
    चोरमारा
    विनयी त्रिवेणी गाउँपालिकाले गाउँपालिका भित्रका मोतियाबिन्दु भएका व्यक्तिहरुको निःशुल्क शल्यक्रिया सुरु गरेको छ । गाउँपालिकाको विभिन्न पाँच वटा केन्द्रमा मोतियाबिन्दु परीक्षण गरेको थियो । सात सय ९५ जनाको मोतियाबिन्दु परीक्षण गर्दा एक सय ६१ जनालाई मोतियाबिन्दु देखिएको गाउँपालिकाका उपाध्यक्ष भगवती बैदवार क्षेत्रीले बताइन् । 


    गाउँपालिकाले मोतियाबिन्दु भएका व्यक्तिहरुको छनोटका लागि नेत्रज्योति संघ नवलपरासी पूर्व र नेत्रज्योति संघ, भरतपुुर आँखा अस्पताल, चितवनसँगको समन्वयमा चैत्र ३ गते बेनिमणीपुर स्वास्थ्य चौकी सर्दी र कुडापानी स्वास्थ्य इकाईमा मोतियाबिन्दु परीक्षण गरिएको थियो । यस्तै चैत्र ४ गते विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ र ७ का लागि त्रिवेणी सुस्ता स्वास्थ्य चौकी, त्रिवेणीमा परीक्षण गरिएको उपाध्यक्ष बैदवारले जानकारी दिइन् । चैत्र ५ गते भानुदय माध्यामिक विद्यालय, दुम्कीबास र विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ को वगुवन क्षेत्रमा मोतियाबिन्दु परीक्षण गरिएको हो । 


    मोतियाबिन्दु परीक्षणबाट मोतियाबिन्दु देखिएका एक सय ६१ जनालाई बुधबार र बिहीबार भानुदय माध्यामिक विद्यालय दुम्कीबासमा शल्यक्रियाको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । विगतमा मोतियाबिन्दु परीक्षण स्थानीयस्तरमा गरेर कावासोती, चितवन, हेटौडालगायतको स्थानमा शल्यक्रियाको लागि लगिने गरेकोमा यस पटक स्थानीयस्तरमा नै शल्यक्रियाको व्यवस्था मिलाइएको उनले बताए । गाउँपालिकामा गत वर्ष एक सय २६ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । 


    विभिन्न स्थानमा गरिएको परीक्षण शिविरबाट मोतियाबिन्दु भएका व्यक्तिहरुको शल्यक्रिया गर्नुपूर्व सुगरलगायत अन्य परीक्षणहरु गरेपश्चात् मोतियाबिन्दुको शल्यक्रिया गरिने भरतपुर आँखा अस्पताल चितवनकी डा. पुष्पा गिरी श्रेष्ठले जानकारी दिइन् । परीक्षणको क्रममा अधिकांशमा उमेरसँगै देखिने मोतियाबिन्दु देखिएको उनले बताइन् । 


    मोतियाबिन्दु शल्यक्रियाका लागि पालिकाको विभिन्न स्थानबाट बुधबार बिहानैबाट शल्यक्रिया हुने भानुदय मा.वि. मा मोतियाबिन्दु भएका व्यक्तिहरु आइपुगेका थिए । नेत्रज्योति संघ, नवलपरासी पूर्वले विनयी त्रिवेणी गाउँपालिकालाई गरेको अनुरोध अनुरुप गाउँपालिकाको समेत अग्रसरतामा मोतियाबिन्दु परीक्षण शिविर र शल्यक्रिया सम्भव भएको संघका जिल्ला सचिव उदयराज सिग्देलले बताए । हुप्सेकोट गाउँपालिकामा समेत तत्काल मोतियाबिन्दु परीक्षण र शल्यक्रिया कार्य सञ्चालनको तयारीमा रहेको उनले जानकारी दिए । 


    आँखाको शल्यक्रिया पस्चात आँखा देख्ने विश्वास शिविरमा सहभागी मोतियाबिन्दु भएका व्यक्तिहरुको छ । नवलपुर जिल्लामा विभिन्न संस्थाको आयोजनामा प्रत्येक वर्ष मोतियाबिन्दु परीक्षण तथा शल्यक्रिया हुँदै आएको छ । यद्यपी उमेर अनुसार हुने मोतियाबिन्दुको दर उच्च रहेको मोतियाबिन्दु शल्यक्रियाका लागि काम गरिरहेको नेतज्योती संघ नवलपरास पूर्वका सदस्य दिवाकर पौडेलले जानकारी दिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij