२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

हिमा स्मृति कोषद्वारा निःशुल्क स्वास्थ्य शिबिरको आयोजना

हिमा स्मृति कोषद्वारा निःशुल्क स्वास्थ्य शिबिरको आयोजना

हिमा स्मृति कोषद्वारा निःशुल्क स्वास्थ्य शिबिरको आयोजना

हिमा स्मृति कोषद्वारा निःशुल्क स्वास्थ्य शिबिरको आयोजना

हिमा स्मृति कोषद्वारा निःशुल्क स्वास्थ्य शिबिरको आयोजना
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, चैत्र ६ २०८१
बिहिवार, चैत्र ६ २०८१
  • गुल्मी । संयुक्त राष्ट्रसंघका भुतपूर्व सहायक महासचिव कुलचन्द्र गौतमको परिवारले चैत २८ र २९ गते इस्मा गाउँपालिका –६ अमरपुरमा बिशेषज्ञ डाक्टरसहित बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

    गौतम परिवारले बुबा ओमप्रसाद गौतमको नामबाट शिक्षा र आमा हिमा गौतमको नामबाट गाउँको स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गर्दै आएका छन । हिमा गौतम स्मृति कोषको आयोजनामा शिविरको आयोजना गरिएको छ । सदरमुकाम तम्घासमा आयोजना गरिएको पत्रकार सम्मेलनमा हिमा गौतम स्मृति कोषका अध्यक्ष नारायण पराजुलीले लामो समयदेखि गाउँको स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्दैआएको कोषले शिविरलाई अहिले पनि निरन्तरता दिएको बताए। 

    हिमा गौतम स्मृति कोषका संस्थापक सदस्य सुरेश गौतमका अनुसार दुई दिनसम्म शिविर सञ्चालन हुने भएकाले अधिकांशलाई लाभ लिन आफूहरुले पत्रकार सम्मेलनमार्फत प्रचार–प्रसारको योजना बनाएको पराजुलीको भनाइ छ । 

    डा. प्रकाश पौडेलको संयोजनमा मेडिसिटी अस्पतालका बरिष्ठ मिर्गौला रोग बिशेषज्ञ ऋषीकुमार काफ्ले, डा. प्रकाश पौडेल, अमेरिका मेरील्याण्डको जोनहप्किन्स अस्पतालमा कार्यरत एसिस्टेन्ट प्रोफेसर तथा मिर्गौला बिशेषज्ञ डा. समीरचन्द्र गौतम, काठमाडौं मेडिकल कलेजमा कार्यरत बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा. प्रतिज्ञा गौतम र रुपा झा र हाडजोर्नी बिशेषज्ञसहित लोकबहादुर टण्डन, यज्ञ खडकासहित थुपै्र मेडिकल अधिकृतहरु शिविरमा सहभागी हुदैछन । 

    इस्मा, धुर्कोट र मालिका गाउँपालिकासँग समेत शिविरका बिषयमा समन्वय भएकाले अधिकतम लाभ नै आफूहरुको उद्देश्य रहेको गौतमले बताए। बुबा र आमाको नामबाट बिद्यार्थीलाई शैक्षिक सामग्री, पुरस्कार, बिद्यालयका संरचना निर्माण, दिवाखाजा लगायतका कार्यक्रम गौतम परिवारले गरेको छ । 

    स्वास्थ्यचौकी निर्माणमा जग्गा प्रदान, आवश्यक स्वास्थ्य सामग्री र उपकरण वितरण तथा निःशुल्क स्वास्थ्य शिविरहरु गरिएको स्थानीय समेत रहेका युवा समाजवेवी हिरा एसीले बताए । गौतम परिवारले लामो समयदेखि शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण र सामाजिक विकासको क्षेत्रमा उल्लेख्य काम गरेको एसीको भनाइ छ ।  

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij