२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बुटवलमा आजदेखि मिडिया सम्मेलन

बुटवलमा आजदेखि मिडिया सम्मेलन

बुटवलमा आजदेखि मिडिया सम्मेलन

बुटवलमा आजदेखि मिडिया सम्मेलन

बुटवलमा आजदेखि मिडिया सम्मेलन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, चैत्र ७ २०८१
शुक्रवार, चैत्र ७ २०८१
  • बुटवल । सञ्चार माध्यमका समस्या, चुनौती र सम्भावनाबारे छलफल गर्न आजदेखि बुटवलमा दुईदिने मिडिया सम्मेलन आयोजना हुँदैछ। प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले वरिष्ठ पत्रकार र विज्ञहरूको सहभागितामा सम्मेलन गर्न लागेकाे हाे । 

    संघका अध्यक्ष नवराज कुँवरका अनुसार सम्मेलनलाई सातवटा सत्रमा बाँडिएको छ, जहाँ विभिन्न विषयमा छलफल गरिनेछ। पहिलो सत्रमा “परम्परागत मिडिया : आजको अवस्था, भोलिको बाटो” विषयमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापा ले प्रस्तुति दिँदैछन ।

    दोस्रो सत्रमा “छापा माध्यम : किन र कसका लागि ?” भन्ने विषयमा आर्थिक अभियान दैनिकका प्रधान सम्पादक मदन लम्साल र सौर्य दैनिकका प्रधान सम्पादक बोधराज त्रिपाठी ले बोल्नेछन्। तेस्रो सत्रमा “के अनलाइन पत्रकारिता सधैका लागि हो ?” भन्ने विषयमा अनलाइनखबरका धर्मराज भुसाल र बाह्रखरी मिडियाका प्रतिक प्रधान ले विचार प्रस्तुत गर्नेछन्।

    चौथो सत्रमा “किन फस्टाउन सकेन विज्ञापन बजार ?” भन्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल ले बोल्नेछन्। पाँचौं सत्रमा “अनेक संस्थाः नियमन कि नियन्त्रण ?” विषयमा नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियार, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का र गीत-संगीत रोयल्टी संकलन समाजका सुरेश अधिकारी को सहभागिता रहनेछ।

    छैटौं सत्रमा “पत्रकार र पत्रकार महासंघको सम्बन्ध : के भयो ? के हुँदैछ ?” भन्ने विषयमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, पूर्व अध्यक्ष विपुल पोखरेल र दैनिक लुम्बिनीका सम्पादक शेरबहादुर केसी ले विचार प्रस्तुत गर्नेछन्।

    सम्मेलनमा विज्ञहरूको प्रस्तुति पछि प्रश्नोत्तर सत्र पनि हुनेछ। संघका उपाध्यक्ष विष्णु भुसाल ले यो सम्मेलन मिडिया क्षेत्रको भविष्यका लागि कोसेढुंगा हुने विश्वास व्यक्त गरे। संघका सचिव माधव नेपाल का अनुसार, छुट्टै सत्र नराखिए पनि सहभागी विज्ञहरू रेडियो सञ्चालकसमेत भएकाले एफएम रेडियोका समस्या पनि उठ्नेछ। सम्मेलनले सञ्चार माध्यमका समस्या, समाधान र भविष्यको दिशा तय गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij