२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

घण्टौँको पानी पँधेरो देखि ‘एक घर एक धारा’ अभियान सम्म :प्रदीप ज्ञवाली

घण्टौँको पानी पँधेरो देखि ‘एक घर एक धारा’ अभियान सम्म :प्रदीप ज्ञवाली

घण्टौँको पानी पँधेरो देखि ‘एक घर एक धारा’ अभियान सम्म :प्रदीप ज्ञवाली

घण्टौँको पानी पँधेरो देखि ‘एक घर एक धारा’ अभियान सम्म :प्रदीप ज्ञवाली

घण्टौँको पानी पँधेरो देखि ‘एक घर एक धारा’ अभियान सम्म :प्रदीप ज्ञवाली
गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
शनिवार, चैत्र ८ २०८१
शनिवार, चैत्र ८ २०८१
  • गुल्मी ।  ‘मेरो घर बलेटक्सारको चौतारामा हो । मेरो घर नजिकै पँधेरो थियो तर हाम्रो घर भन्दा माथि बम्घाको डाँडाका दलित र मगर समुदायका दाजुभाइ दिदि बहिनीहरुलाई पानी लिन आउन नै एक घण्टा लाग्थ्यो । मैले एकदमै सानै देखि पानीको अभावले नागरिकहरूले दुख पाएको देख्न पाएँ । म २०५६ सालमा निर्वाचित हुँदा मलाई छोएको खाने पानी समस्या समाधान विषय पहिलो थियो ’– यो भनाई थियो नेकपा एमालेका उपमहासचिव तथा पूर्व मन्त्री प्रदीपकुमार ज्ञवालीको ।

    विश्व पानी दिवसको अवसरमा हामीले गुल्मीको मुसिकोट , गौडाकोट बलेटक्सार सम्मको डाँडोलाईन जो सुख्खग्रस्त क्षेत्र थियो र खानेपानीको ठुलो हाँहकार हुन्थ्यो । गौडाकोट देखि बलेटक्सार सम्म हिउँदेमा त्यहाँका जनताले ड्रममा भरेर ट्याक्टरमा बेच्न ल्याएको खोलाको पानी लिटरका हिसावले किनेर खाएको पनि हामीले रिर्पोटिङ्ग गरेका थियौँ । अहिले पो नयाँ प्रविधिका रूपमा लिफ्ट खानेपानी योजना आयो तर उति बेला धेरै तल मुहान बस्ती धेरै डाँडोलाईमा ।

    विकल्पका रूपमा उनै प्रदीप ज्ञवालीहरू आकाशे घैँटा निर्माणको अभियानमा जुटेको स्मरण ग¥यौं र सदरमुकाम तम्घासमा आएका नेता प्रदीप ज्ञवालीलाई भेटेरै कुराकानी गर्न समय मागेका थियौँ । कुराकानीका क्रममा नेता ज्ञवालीले गुल्मी जिल्ला , त्यसमा पनि क्षेत्र नम्बर १ को खानेपानीको समस्या समाधानका लागि गरेको पहल बारे यस्तो बताए –‘ २०५६ को निर्वाचनमा म आफू निर्वाचित भए पछि पौदीको डाँडा देखि दजाकोट सम्म र गौडाकोट देखि बलेटक्सार सम्मको खानेपानी योजना अगाडी बढाएको हो । त्यस्तै धुर्कोटमा बान्द्रा खानेपानी योजना सम्पन्न गर्ने तर्फ लाग्यौँ । हुन त त्यस अघि फिनडाले पनि (फिनल्यान्ड सरकारको सहयोगमा लुम्बिनी ग्रामीण विकास तथा सरसफाइ आयोजना , आरडब्लुएसएसपी ) केही काम गरेको थियो । गार्डेपले ( गुल्मी अर्घाखाँची ग्रामीण विकास परियोजना ) पनि पहिलो चरणको काम गर्दै थियो ।

    दोस्रो चरणमा हामीले उसलाई दबाब दिएर विद्यालय हुँदै सुख्खा ग्रस्त क्षेत्रमा खानेपानी का लागि विशेष जोड दिएर काम अगाडी बढाएका थियौँ । विशेष गरी विद्यालय देखि घर घरमा आकाशे घैँटा निर्माणको काम भएर पानीको तात्कालिक समस्या समाधानको विकल्प खोजिएको थियो । २०७४ सालको निर्वाचनमा हामी निर्वाचित भए पछि खानेपानी समस्या समाधानलाई विशेष प्राथमिकतामा राखेर एक घर एक धारा कार्यक्रम अगाडी बढाएका हौँ । निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत दौघामा ५० लाख , बलेटक्सारमा ५० लाख छुट्टाएका थियौँ ।

    त्यस्तै नेपाल सरकार मार्फत जोहाङ्ग, जुनियाँ, बलेटक्सार , थोर्गा, सिमिचौर , ग्वाघा , खडककोट लगायत बिशेषः निर्वाचन क्षेत्र नम्बर १ का अधिकांश स्थानमा लिफ्ट खानेपानी योजनाको काम अगाडी बढाऔँ । त्यस मध्ये कतै सम्पन्न भएका छन् त कतै हुने चरणमा छन् । यी सबै योजना सम्पन्न हुँदा हामी लगभग एक घर एक धारा कार्यक्रम शतप्रतिशत सम्पन्न गर्ने दिशामा अगाडी बढेका छौँ ।’ उनले थपे –‘ विश्वव्यापी जलवायु परिवर्तनको असर, त्यस माथि मोटर बाटोका कारण पानीका मुहानहरू सुक्दैन । विकल्पका रूपमा अगाडी सारिएको लिफ्ट खानेपानी योजनाले जनतालाई खानेपानीको तत्कालीन समस्या त टारेको छ तर बिद्युत महसुलको मारमा परेका छन् । यसमा जनतालाई सहुलियत दिन कसरी सकिन्छ भन्ने चिन्ता छ । यद्यपि जनतालाई यसबाट सहुलियत दिने काममा स्थानीय सरकार लागोस् , लाग्नु पनि पर्छ । विश्व पानी दिवसको अवसरमा नागरिकहरूले स्वच्छ पानी पिउने अधिकारी सुनिश्चित होस, यस कार्यमा सबै तहका जनप्रतिनिधि र सम्बद्ध कर्मचारी साथीहरूलाई सफलता मिलोस् यस अवसरमा म यही शुभकामना दिन्छु । ’

    गुल्मीको मुसिकोट नगरपालिका ३ मैदान स्थित पृथ्वी माध्यमिक विद्यालयका अवकाश प्राप्त प्रधानाध्यापक पृथ्वीबहादुर थापाका अनुसार नेता ज्ञवाली भूमिगत राजनीतिका क्रममा२०३७ साल देखि २०४४ साल सम्म उनै थापाको घरमा बस्ने गर्दथे । अहिले ८३ वर्ष उमेर पुगेका थापाले भने–‘ त्यति बेला यहाँको खानेपानीको विकराल अवस्था देखेर उहाँमा चिन्तन बढेको हुन सक्छ । ’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij