२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

प्रतिगामी चिन्तनविरुद्ध सडक कविता कार्यक्रम सम्पन्न

प्रतिगामी चिन्तनविरुद्ध सडक कविता कार्यक्रम सम्पन्न

प्रतिगामी चिन्तनविरुद्ध सडक कविता कार्यक्रम सम्पन्न

प्रतिगामी चिन्तनविरुद्ध सडक कविता कार्यक्रम सम्पन्न

प्रतिगामी चिन्तनविरुद्ध सडक कविता कार्यक्रम सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र ९ २०८१
आइतवार, चैत्र ९ २०८१
  • बुटवल । दोस्रो जनआन्दोलन २०६२/०६३ मार्फत नेपाली जनताले बिदा गरिसकेको पुरातनवादी व्यवस्थालाई पुनःस्थापित गर्ने प्रयासको विरोधमा प्रगतिशील लेखक सङ्घ, नेपाल रूपन्देहीको संयोजनमा लुम्बिनी प्रदेशको आयोजनामा "प्रतिगामी चिन्तन विरुद्ध सडक कविता" कार्यक्रम सम्पन्न भएको छ। तिलोत्तमा नगरपालिका, मणिग्राम चोकमा आयोजित कार्यक्रममा साहित्यकार तथा सर्जकहरूले कविता, गजल, मुक्तक, गीत तथा लघुकथा मार्फत लोकतन्त्र विरोधी प्रवृत्तिहरूको भण्डाफोर गरेका थिए।

    कार्यक्रममा प्रगतिशील लेखक सङ्घ, नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष डा. मुरारि पराजुलीले इतिहासमा पछाडि फर्कने प्रयास सधैं असफल हुने भन्दै साहित्यकारहरूले लोकतान्त्रिक चेतना उजागर गर्नुपर्ने आवश्यकता औंल्याए। प्रगतिशील लेखक सङ्घ, नेपाल रूपन्देहीका अध्यक्ष कृष्ण गाउँलेले जनताले संघर्ष गरेर उखेलिसकेको व्यवस्थाको पुनरागमन असम्भव भएको भन्दै निरन्तर साहित्यिक तथा सचेतना अभियान आवश्यक रहेको बताए। नेपाली लेखक सङ्घ, रूपन्देहीका अध्यक्ष लिलाधर पाण्डेले साहित्य सिर्जनात्मक प्रतिरोधको बलियो माध्यम भएकाले यसलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरे।

    "चिहानबाट जागेर को सक्छ फेरी आउन,
    प्रतिगमनकारी त्यो कसरी सक्छ व्यूँतन?"

    भन्ने नारासहित आयोजित कार्यक्रममा डा. मुरारि पराजुली, डा. हरिप्रसाद भण्डारी, रूद्र ज्ञवाली, कविराज पौडेल, कृष्ण गाउँले, लिलाधर पाण्डे, सीता ढुङ्गाना काफ्ले, सुवास रिजाल, ज्ञानु के. सी., हरिप्रसाद पौडेल, नारायण प्रसाद भण्डारी, सागर के. सी., मुकुन्द भट्टराई, केशव बेलबासे, खेम बहादुर गुरुङ, उद्दव देवकोटा, यदु लामिछाने, तिलक लामिछाने, दुर्गा थापा मगर, कमला भण्डारी लगायतका साहित्यकारहरूले आफ्ना सशक्त रचनाहरू प्रस्तुत गरे।

    वाचित रचनाहरू लोकतान्त्रिक चेतना प्रवर्द्धन गर्ने, राजतन्त्र पुनःस्थापना गर्ने षड्यन्त्रको भण्डाफोर गर्ने, सामाजिक न्यायको पक्षपोषण गर्ने र जनताको अधिकारको संरक्षण गर्ने खालका थिए। कतिपय कविताहरूले नेपाली जनताले इतिहासमा गरेको बलिदान र संघर्षको स्मरण गराए भने केही रचनाहरूले प्रतिगमनकारी मानसिकताको विरोध गर्दै वर्तमान समयको राजनीतिक सचेतना उजागर गरे। गजल तथा मुक्तकहरूमा व्यक्तिगत स्वतन्त्रता, समाजमा विद्यमान अन्यायको भण्डाफोर र चेतनाको प्रकाश फैलाउने सन्देश समेटिएको थियो। गीतहरूमा लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा, जनताको जागरणको आव्हान गरिएको पाइयो।

    कार्यक्रममा समाजमा व्याप्त पछौटेपन, अन्याय, उत्पीडन तथा लोकतन्त्रलाई उल्टाउने प्रयासको विरोध गर्दै साहित्यले सचेतनाको नेतृत्व गर्नुपर्ने धारणा व्यक्त गरियो। प्रस्तुत रचनाहरूमा विद्रोह, जनताको अधिकार र प्रजातान्त्रिक चेतनाको पक्षपोषण गरिएको थियो। कार्यक्रम कवि, लेखक साहित्यकारहरु कृष्ण प्रसाद पाण्डे, कुलप्रसाद शर्मा, विन्दु सुवेदी, आकांक्षा भण्डारी, विष्णु प्रसाद ढकाल, कमला भण्डारी, मिनाक्षी न्यौपाने, विजु पौडेल, शान्ति तिवारी, राजेश थापा, शारदा भट्टराई, दिवश थापा, अग्नि कुमार भट्टराई, रून्जता ज्ञवाली, दिलिप ज्ञवाली, कृष्ण पाण्डे, प्रश्रित थापा, नेत्र थापा, सीता चापागाईं, हिरालाल धामी, रीता बुढाथोकी लगायतको उपस्थित थियो । 

    लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा यस्तै साहित्यिक कार्यक्रमहरू सञ्चालन गरिएको आयोजक समितिले जानकारी गराएको छ। प्रगतिशील लेखक सङ्घ, नेपाल लुम्बिनी प्रदेशका अनुसार यस्ता गतिविधिहरूले साहित्यको माध्यमबाट लोकतान्त्रिक चेतना फैलाउने लक्ष्य लिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij