२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

स्वर्णकार क्रिकेटलाई निरन्तरता दिदै विश्वकर्मा युवा समाज

स्वर्णकार क्रिकेटलाई निरन्तरता दिदै विश्वकर्मा युवा समाज

स्वर्णकार क्रिकेटलाई निरन्तरता दिदै विश्वकर्मा युवा समाज

स्वर्णकार क्रिकेटलाई निरन्तरता दिदै विश्वकर्मा युवा समाज

स्वर्णकार क्रिकेटलाई निरन्तरता दिदै विश्वकर्मा युवा समाज
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
आइतवार, चैत्र ९ २०८१
आइतवार, चैत्र ९ २०८१
  • भैरहवा ।  २०४८ सालमा सुरुवात भएको स्वर्णकार क्रिकेट प्रतियोगिता यस वर्षदेखि निरन्तर हुने भएको छ । 

    रुपन्देहीका युवा सुनचाँदी व्यवसायीहरुले सुरुवात गरेको यो प्रतियोगिता करिब ३ दशक पछि पुस्तान्तरण हुदै विश्वकर्मा युवा समाजको आयोजनामा हुन लागेको हो । 

    जिल्लामा क्रिकेट खेलको विकाससँगै युवाहरुमा खेल प्रति उत्सुकता जगाउदै एक अर्कामा सम्बन्ध प्रगाढ गर्ने उद्देश्यका साथ प्रेम कुमार सेञ्चुरी, श्याम कुमार सुनार र डम्बरलाल रामदाम लगायतको सक्रियतामा २०४८ सालबाट सुरुवात भएको थियो । सुनचादीमामात्रै सिमति नरही छरिएर रहेका समाजका युवाहरुलाई एकजुट बनाउने उद्देश्य सहित प्रतियोगिताको आयोजना गर्न लागिएको छ ।
    २०५३ साल सम्म निरन्तर भएको स्वर्णकार क्रिकेट प्रतियोगिता यस वर्ष देखि निरन्तर गर्ने अठोटका साथ १२ टिमको सहभागितामा प्रतियोगिता आयोजना हुन लागेको छ । विश्कर्मा युवा समाजको नेतृत्वमा यस वर्ष चैत्र ३० गते शनिबारको दिन स्वर्णकार सुपर सिक्स क्रिकेट प्रतियोगिता गर्न लागिएको समाजको अध्यक्ष अमित सेन्चुरीले जानकारी दिए । 

    रुपन्देहीका विभिन्न क्षेत्रबाट विश्वकर्मा समाजका युवाहरुको सहभागितामा १२ टिमको सहभागितामा सुपर सिक्स प्रतियोगिता भैरहवा स्थित सिद्धार्थ क्रिकेट मैदानमा गर्न लागिएको हो । सहभागी टिमलाई समूहमा विभाजन गरि नकआउट चरणमा प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगिता आईसीसी सुपर सिक्स टुर्नामेन्टको नियम अनुसार क्रिकेट एसोसिएसन अफ रुपन्देहीको प्रविधिक सहयोग र समन्वयमा हुने समाजले जानकारी दिएको छ ।

    प्रतियोगिताको विजेता टिमलाइ रनिङ सिल्ड सहित खसी प्रदान गरिने छ भने म्यान अफ द म्याच, मेन अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याटर लगायतलाई ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको जनाए ।

    स्वर्णकार प्रतियोगितामा संस्थापक संयोजक श्याम सुनारले सुनचादी व्यवसायीको हकहित र व्यवसायिक संरक्षण र सम्वद्र्धन गर्दै सामाजिक क्रियाकलाप गर्नका लागि स्वर्णकार समिति बनेको बताए । सुरुवाती चरणमा २०४८ सालबाट लगातार ५ वटा क्रिकेट प्रतियोगिता एसएसपी कार्यालयमा गरेपनि केही समय रोकिएकोले यस वर्ष नयाँ पिडीले यस्को सुरुवात गरेर जिवन्त बनाउन लागेको बताए । 
    अर्का संस्थापक सदस्य प्रेम कुमार सेन्चुरीले स्वास्थ्य प्रति संवेदनशील नभएकोले स्वर्णकार समितिले क्रिकेट मात्रै होइन फुटवल पनि ३–४ वर्ष आयोजना गरेको बताए । सधै व्यवसायमा व्यस्त हुनु भन्दा पनि केही समय स्वास्थ्य र राष्ट्रका लागि पनि दिनुपर्छ भन्दै हामीले यस्को सुरुवात गरेको बताए । यही समाजकै अगुवाईमा रुपन्देही क्रिकेट संघको स्थापना गरिएको समेत सेन्चुरीले भने । 

    स्वर्णकार समितिका संयोजक डम्बरलाल रामदामले पुर्नजीवित भएको यो समाजले धेरै भन्दा धेरै युवाहरुलाई एकजुट गराई समाजलाई बृहत बनाउनु पर्ने बताए । सुनचादी व्यवसायीलाई मात्रै होइन सबै शिल्पकारलाई यसमा समेटेर लैजानु पर्छ । खेल मात्रै नभई समाजिक काममा पनि युवाहरुले नेतृत्व लिई यस क्षेत्रको ऐतिहासिक विश्वकर्मा मन्दिरलाई संरक्षण र उचित व्यवस्थापन गर्न समेत अनुरोध गरे । 
    रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले २०४८ सालदेखि निरन्तर ५ वर्ष चलेको प्रतियोगिता पुनः निरन्तरता पाउनु क्रिकेटको विकासको लागि राम्रो पक्ष हो । युवाहरुलाई समेटेर जुन प्रकारको अगुवाई समाजले गरेको छ यस्मा रुपन्देही क्रिकेट संघ सहकार्य गरी सफल बनाउनमा पनि उत्तिकै जिम्मेवार रहने बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij