२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विद्यालयको अध्यक्ष बन्न राजनीतिक हानाथाप

विद्यालयको अध्यक्ष बन्न राजनीतिक हानाथाप

विद्यालयको अध्यक्ष बन्न राजनीतिक हानाथाप

विद्यालयको अध्यक्ष बन्न राजनीतिक हानाथाप

विद्यालयको अध्यक्ष बन्न राजनीतिक हानाथाप
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ २४ २०८१
आइतवार, आषाढ २४ २०८१
  • गुल्मी ।  गुल्मीको मदाने गाउँपालिकाको शैक्षिक संस्था जस्तो ठाउँमा  चरम राजनैतिक द्धन्द्ध देखिएको छ।

     त्यस पालिकाको वडा नम्वर ६  पुर्कोटदहमा रहेको पृथ्वी माविमा राजनैतिक खिचातानीकै कारण गत एक बर्ष देखि  विद्यालय  व्यवस्थान समिति गठन हुन सकिरहेको छैन ।


      बिशेषतः त्यहाँको कांग्रेस  र एमाले बिच सहमति हुन नसके पछि असार १९ गते  ब्यवस्थापन समिति गठनका लागि निर्वाचन नै गराउनु परेको थियो ।

    निर्वाचन  पनि सम्पन्न भयो ।  तर मत गणनाका क्रममा  सय मत गन्न नभ्याउँदै दुई  पक्ष बिच विवाद भयो र मत गणना अवरुद्ध हुन पुग्यो। 


      अन्ततः विवाद चरम उत्सर्गमा पुगे पछि त्यहाँ मत गणना हुन नसकी शुक्रबार राती मत पेटीका बोकरे शिक्षा विकास तथा समन्व्य ईकाई कार्यालय तम्घासमा ल्याई ल्याईएको छ । कतिपय विद्यालयमा बिद्यालय व्यवस्थापन समितिको गठनका लागि निर्वाचन भएको कुरा नौलो होईन तर यसरी मतगणना नै स्थानीय स्तरमा हुन नसकी जिल्लामा ल्याउनु परेको यो पहिलो घटना हो । 


       मदाने गाउँपालिकामा कांग्रेस नेता महेन्द्रबहादुर कुँवरले नेतृत्व गरेका छन । उनले नै स्थानीय सत्ताको दुरुपयोग गरेर  यो अबस्थामा पुराएको एमाले पक्षधरको आरोप छ ।

    यस सम्बन्धमा कुँवरले भने आफुहरुलाई जो जसले जे आरोप लगाए पनि आफु शैक्षिक संस्थामा राजनीतिकरण गर्न हुँदैन भन्ने पक्षमा रहेर बिद्यालयलाई जिम्मा दिएको तर निर्वाचनमा दुई वटा मत बतर र सदरको पक्षमा दुबै पक्ष रहेर विवाद  चर्के पछि आफुले प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेर  शिक्षा विकास तथा समन्व्य ईकाईमा मदगणना गर्न पठाएको बताए । 


    उता एमालेबाट विजयी  उपाध्यक्ष सरिता खडकाले यो बियषयमा आफु नबोल्ने प्रतिकृया दिइन ।   

    शिक्षा विकास  तथा समन्व्य ईकाई कार्लालयबाट निर्वाचन अधिकृतका रुपमा  खटिएका शाखा अधिकृत अमरबहादुर केसीले ७५  वटा मत गणना भई ७६ मत गन्दा एक पक्षले दुई वटा मत वदर गर्नु पर्छ भनेको र अर्को पक्षले सदर हुनु पर्छ भनेर विवाद चर्किएको र शनिवार  यस कार्यालयमा मतगणना हुने भनिए पनि एक पक्ष नआउँदा मतगणना हुन नसकेको बताए ।

    उनका अनुसार  त्यस बिद्यालयमा सुचिकृत भएका ५५० जना अभिभावक मध्ये ४२० मत खसेको थियो ।  ४ जना  सिटका लागि अर्थात स्कुले माननिय बन्नका लागि ९ जनाको उमेदवारी परेको थियो ।

    उमेदवारहरुमा कांग्रेसका वसन्त कुँवर विकास श्रेष्ठ , एमालेबाट माया बिसी केसी र  चित्रबहादुर कुँवर , टिकाबहादुर कुँवर , कुमार विक्रम थापा , कमला बिक, कृष्ण श्रेष्ठ र बिष्णु माया  बिक उमेदबार रहेको बताईएको छ ।

     झण्डै डेढ दशक सम्म गुल्मी जिल्लाको शैक्षिक अवस्थालाई नजिकबाट नियाल्नु भएका शिक्षा विकास तथा समन्व्य ईकाई कार्यालय प्रमुख  लोकनाथ मरासिनी पुर्कोदहको पृथ्वी मावि ब्यवस्थापन समितको निर्वाचन जिल्ला मै  पहिलो , ऐतिहासिक र निकै पेचिलो भएको बताउँछन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij