२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नवलपरासीमा  ६ महिनामा २ सय एक जना क्षयरोगी नयाँ बिरामी फेला

नवलपरासीमा  ६ महिनामा २ सय एक जना क्षयरोगी नयाँ बिरामी फेला

नवलपरासीमा  ६ महिनामा २ सय एक जना क्षयरोगी नयाँ बिरामी फेला

नवलपरासीमा  ६ महिनामा २ सय एक जना क्षयरोगी नयाँ बिरामी फेला

नवलपरासीमा  ६ महिनामा २ सय एक जना क्षयरोगी नयाँ बिरामी फेला
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
आइतवार, चैत्र ९ २०८१
आइतवार, चैत्र ९ २०८१
  • परासी । पश्चिम नवलपरासी जिल्लामा  ६ महिनामा २ सय एक जना क्षयरोगीका नयाँ बिरामी फेला परेका छन । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले बिभिन्न समय परीक्षण गर्दा साउन देखी पुससम्म २ सय दुई जना क्षयरोगी नयाँ  बिरामी फेला परेको हो । आज परासीमा स्वास्थ्य कार्यालय र रामग्राम नगरपालिकाको संयुक्त आयोजना बिश्व क्षयरोग दिवसको अवसरमा सरोकारवारलाहरुसंगको अन्तरक्रिया कार्यक्रमा जनाईएको हो । 

    जिल्लामा ६१ वटा संस्थाबाट परीक्षण गर्दा उक्त बिरामी फेला परेको स्वास्थ्य कार्यालय नवलपरासीका जनस्वास्थ्य अधिृकत जोन मोहम्मद पाठनले जानकारी दिए । उनको अनुसार आर्थिक बर्ष २०८०।०८१मा पाँच सय १९ क्षयरोगी बिरामी फेला परेको जानकारी दिए ।

    यस आर्थिक बर्ष २०८१।०८२मा सबै भन्दा रामग्राम नगरपालिका ४३ जना क्षयरोगी बिरामी ,बर्दघाट नगरपालिकामा ४२ जना ,सुनवल नगरपालिकामा ३३ जना सरावल गाउँपालिकामा २७ पाल्हीनन्दन गाउँपालिकामा २४ जना,प्रतापपुरमा १७ जना र सुस्ता गाउँपालिकामा १५ जना क्षयरोगी बिरामी भेटिएको स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख भेषराज शर्माले जानकारी दिए । 

    उनको अनुसार गत बर्ष २०८० ।०८१मा रामग्राम नगरपालिका ८६ जना क्षयरोगी बिरामी ,बर्दघाट नगरपालिकामा एक सय जना ,सुनवल नगरपालिकामा एक सय १३ जना सरावल गाउँपालिकामा ५९ पाल्हीनन्दन गाउँपालिकामा ५८ जना,प्रतापपुरमा ६० जना र सुस्ता गाउँपालिकामा ५३ जना क्षयरोगी बिरामी भेटिएको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij