२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नवलपरासीमा बजार अनुगमन समितीले ५ वटा पसललाई जरिवाना

नवलपरासीमा बजार अनुगमन समितीले ५ वटा पसललाई जरिवाना

नवलपरासीमा बजार अनुगमन समितीले ५ वटा पसललाई जरिवाना

नवलपरासीमा बजार अनुगमन समितीले ५ वटा पसललाई जरिवाना

नवलपरासीमा बजार अनुगमन समितीले ५ वटा पसललाई जरिवाना
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
आइतवार, चैत्र ९ २०८१
आइतवार, चैत्र ९ २०८१
  • परासी । पश्चिम नवलपरासीमा  म्याद गुज्रेको सामान तथा मूल्य सुर्जी नराख्नेलाई पसललाई जरिवाना गरिएको छ । संयुक्त जिल्ला बजार अनुगमन समिती नवलपरासीले सदरमुकाम परासी बुद्धचोकमा रहेका पसलहरुलाई  जरिवना गरेको हो ।

    सदरमुकामकोे चार वटा  किराना पसल र एक मिष्ठान भण्डारलाई जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवम बजार अनुगमन समितीका संयोजक भबिश्वर घिमिरेले जानकारी दिए ।

    उनको अनुसार बुद्ध चोकमा रहेको भण्डारी किराना पसल,रोहित किराना पसल,प्रिया जनरल स्टोर्स क्रममा ५ हजारको दरले जरिवाना र शोभा किराना स्टोर्सले मदिाराको कुनै पनि निकायमा अनुमति लिई मदिरा बिक्रीबितरण गरेको पाईएको भन्दै रु १० हजार जरिवना गरिएको तथा कृष्ण स्वीटर्सले भान्सा सरसफाई नगरेको र दर्ता गरेको आवश्यक कागजपत्र नदेखाएको भन्दै ५ हजार जरिवाना गरिएको घिमिरेले बताए ।

    अनुगमनको क्रममा नेपालमा प्रतिबन्धित रहेको सेतो अण्डा नष्ट गरिएको घरेलु तथा साना उद्योगक कार्यालयका उद्योग अधिकृत पुरुषोत्त पौडेलले बताए ।

    परासी बुद्ध चोक र महेशपुर चोकहरुमा खुल्लायाम  ठेलाहरुमा बिक्री बितरण गरिहेको अवस्थामा  ९ क्यारेट सेतो अण्डा नियन्त्रणमा लिई नष्ट गरिएको उद्योग अधिकृत पौडेलले  जानकारी दिए ।अनुगमनको क्रममा म्याद गुज्रेको चार हजार सात असी रुपैयाँ बराबरको अखाध बस्तु  नियन्त्रणमा लिई नष्ट गरिएको अनुगमन समितीले जनाएको छ । 

    अनुगमनको क्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरे कर कार्यालय परासी कर अधिकृत पशुराम पोखरेल उपभोक्ता हित संरक्षण मञ्तकी जिल्ला अध्यक्ष सरस्वती शर्मा घरेलु तथा साना उद्योग कार्यालयका मनोज चौधरी लगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij