२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सुनवलमा तेह्र सय पशुपंक्षीको उपचार तथा औषधी वितरण

सुनवलमा तेह्र सय पशुपंक्षीको उपचार तथा औषधी वितरण

सुनवलमा तेह्र सय पशुपंक्षीको उपचार तथा औषधी वितरण

सुनवलमा तेह्र सय पशुपंक्षीको उपचार तथा औषधी वितरण

सुनवलमा तेह्र सय पशुपंक्षीको उपचार तथा औषधी वितरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
सोमवार, चैत्र १० २०८१
सोमवार, चैत्र १० २०८१
  • परासी  । नवलपरासी पश्चिम  सुनवल नगरपालिकामा  एक दिने पशु स्वास्थ्य शिविर संचालन गरिएको छ । सुनवल वडा नम्बर ४ को विकट गाउँ मानिने महलपोखरीमा   सुनवल नगरपालिका पशुसेवा शाखाले एक दिने पशु स्वास्थ्य शिविर संचालन गरेको हो ।

    परीक्षा  गर्दा पशुपंक्षीमा बढी मात्रामा जुका, नाम्ले र माटे जस्ता आन्तरिक परजिवी भेटिएको सुनवल पशुसेवा शाखाप्रमुख मिश्री प्रसाद सड्काले जानकारी दिए ।

     नगरपालिकाबाट करिब ११ किलोमिटर उत्तर पहाडी भेग पर्ने उक्त क्षेत्रमा बसोबास गर्ने ३५ घरका १३ सय ९१ पशुपंक्षीको उपचार तथा औषधी वितरण गरिएको सुनवल पशुसेवा शाखाप्रमुख मिश्री प्रसाद सड्काले बताए ।

    शिविरमा पशुको गोबर परिश्रण, बन्ध्याकरण, आन्तरिक तथा बाह्य परजिवी परिश्रण गरि निधान सहितको औषधी वितरण र परामर्श सेवा दिईएको पशु क्वारेन्टाइन चेक पोष्ट महेशपुरका पशु सेवा प्राविधिक ठाकुर प्रसाद खड्काले जानकारी दिए ।

    यातायातको असुविधाका कारण बर्षैदेखि पशुपक्षिंमा रोग लाग्दा केही गर्न नसकेका किसानहरु सहज तरिकाले आफ्‌नै क्षेत्रमा पशुपंक्षीको उपचार भएकोमा हर्षित भएका छन् । 

    ५१७ वटा बाख्रा, ८१ वटा गाई, ७५ वटा बंगुर र ७१८ वटा कुखुरालाई चेकजाच गरि भिटामिन, डाइजेस्टिक पाउडर, जुका, नाम्ले र माटेको औषधी वितरण गरिएको नगरपालिकाको पशु डक्टर टोजनाथ ढकालले बताए ।

    नगरपालिकाको आर्थिक वर्ष २०८१ र ०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार पशुसेवासगँ सम्बन्धित कुनैपनि सेवा नपुगेका दुर्गम बस्तीमा उक्त शिविर संचालन गरिएको नगरपालिकाले जनाएको छ  ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij