२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

दुई भारतीय कम्पनीका औषधि बिक्रीमा रोक

दुई भारतीय कम्पनीका औषधि बिक्रीमा रोक

दुई भारतीय कम्पनीका औषधि बिक्रीमा रोक

दुई भारतीय कम्पनीका औषधि बिक्रीमा रोक

दुई भारतीय कम्पनीका औषधि बिक्रीमा रोक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, चैत्र १० २०८१
सोमवार, चैत्र १० २०८१
  • काठमाडौं । नेपालमा दुई भारतीय कम्पनीका औषधि बिक्रीवितरणमा रोक लगाइएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा न्यून गुणस्तर पाइएपछि औषधि व्यवस्था विभागले बिक्रीवितरणमा रोक लगाएको हो ।

    विभागले भारतको साइकोट्रपिक इन्डिया लिमिटेडको पिल्प्यान ४०, पेन्टोप्राजोल ट्याब्लेटको एमजीको ब्याच नम्बर सीआई६४३००८ को बिक्रीवितरणमा रोक लगाएको छ । यस औषधिको आयातकर्ता शारदा मेड्केयर ट्रेडर्स प्रालि काठमाडौं रहेको विभागले जनाएको छ ।

    यस्तै, भारतकै एरिस्टो फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ब्याच नम्बर एमपीजे२३३४८७ को एसिटप ४० एमजी, पेन्टाप्राजोल औषधि पनि बिक्रीमा रोक लगाइएको छ । यस औषधिको नेपाली आयातकर्ता युनिक ट्रेड लिंक प्रालि वीरगन्ज हो ।

    विभागले खराबी देखिएको ब्याचको औषधि बिक्रीवितरण नगर्न तथा बजारबाट फिर्ता ल्याएर त्यसको विवरण बुझाउन निर्देशन दिएको छ ।

    यस ब्याचको औषधि सिफारिस र प्रयोगसमेत नगर्न विभागको आग्रह छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij