२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

श्रीमानकाे हत्या आराेपमा पक्राउ परिन श्रीमती

श्रीमानकाे हत्या आराेपमा पक्राउ परिन श्रीमती

टाउकामा खुकुरी हानेर हत्या गरेपछि नचिनोस् भनेर जलाइएको थियो अनुहार

श्रीमानकाे हत्या आराेपमा पक्राउ परिन श्रीमती

श्रीमानकाे हत्या आराेपमा पक्राउ परिन श्रीमती

टाउकामा खुकुरी हानेर हत्या गरेपछि नचिनोस् भनेर जलाइएको थियो अनुहार

श्रीमानकाे हत्या आराेपमा पक्राउ परिन श्रीमती
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, चैत्र १० २०८१
सोमवार, चैत्र १० २०८१
  • बुटवल ।  एक जना पुरूषको वीभत्स हत्या भएको घटनामा उनकै श्रीमती पक्राउ परेकी छन्। महोत्तरीमा धनुषा क्षिरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुरका शिवशंकर महतोको हत्या गरेको आरोपमा उनकै श्रीमती सिर्जना महतो पक्राउ परेकी छन्।

    सिर्जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए। गत शुक्रबार साँझ साढे ५ बजेतिर गौशाला नगरपालिका-८ मा रहेको सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको रेलवे ट्र्याक भन्दा एक सय मिटर पर शव फेला परेको थियो।

    मृतकको उनको टाउकोमा खुकुरी प्रहार गरिएको र जलाइएको अवस्थामा फेला परेको थियो।सनाखत गर्न नसकियोस् भनेर उनको अनुहार जलाएको अवस्थामा फेला परेको थियो। 

    प्रहरीका अनुसार मृतक शिवशंकर श्रीमती सिर्जना ससुराली जाँदै थिए। त्यसबीचमै घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ।डिएसपी जयसवारका अनुसार घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता छ। यसमा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र अन्यको खोजी भइरहेको उनले बताए।

    ‘अनुसन्धानकै क्रममा छौं। अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको छ। पक्राउ परेपछि थप भन्न सक्छौं,’ उनले भने।घटना विवाहेत्तर सम्बन्धका कारण भएको हुनसक्ने प्रहरीको भनाइ छ।यद्यपि यसबारे प्रहरीले खुलाइसकेको छैन।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij