२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

खानेपानी समितीको नेतृत्वको लागि हानथाप, फुलबारीमा नेतृत्वका तीन प्यानलबिच प्रतिस्पर्धा

खानेपानी समितीको नेतृत्वको लागि हानथाप, फुलबारीमा नेतृत्वका तीन प्यानलबिच प्रतिस्पर्धा

मतदान जारी

खानेपानी समितीको नेतृत्वको लागि हानथाप, फुलबारीमा नेतृत्वका तीन प्यानलबिच प्रतिस्पर्धा

खानेपानी समितीको नेतृत्वको लागि हानथाप, फुलबारीमा नेतृत्वका तीन प्यानलबिच प्रतिस्पर्धा

मतदान जारी

खानेपानी समितीको नेतृत्वको लागि हानथाप, फुलबारीमा नेतृत्वका तीन प्यानलबिच प्रतिस्पर्धा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, चैत्र १२ २०८१
बुधवार, चैत्र १२ २०८१


  • बुटवल ।बुटवल उपमहानगरपालिका वडा नं. २ मा स्थित फुलबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नया नेतृत्व चयनका लागि निर्वाचन शुरु भएको छ ।

    समितिको शनिबार सम्पन्न दोस्रो साधारण सभा तथा प्रथम अधिवेसनसंगै नया नेतृत्वमा आउने आकाक्षीको संख्या धेरै हुदा बुधबार विहानबाट मतदान प्रक्रियामा शुरु भएको हो । 
    निवार्चनमा नेपाली काग्रेस पार्टी, नेकपा एमाले, एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र, मंगोल अर्गानाईजेसन, राष्ट्रिय जनमोर्चा, राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत ३ समुह प्यानल बनाई मतदान प्रक्रियामा भाग लिएका छन । 


    समितिको अध्यक्ष पदमा हिक बहादुर दर्लामी मगर, खगिसरा कुवँर गुरुङ र सन्तोष श्रेष्ठको छुट्टाछुट्टै प्यानल बनाई चुनावी मैदानमा उत्रेका छन । उपाध्यक्ष पदमा सुधा कुवँर, कमलादेबी नगरकोटी, देवि क्षेत्री कार्की रहेका छन । यसैगरि सचिव पदमा भुमिराम पन्थी, कृष्ण प्रसाद पोखरेल, चेतन ठाडामगर, सहसचिवमा ज्यासमिन पौडेल, कुल बहादुर केसी, प्रवेश बिक, कोषाध्यक्ष पदमा केशर बहादुर घर्तीमगर र लिला अर्याल उम्मेदबारी दिएका छन । यसैगरि सदस्य पदमा शेर बहादुर थामीमगर, विष्णुमाया थापा, कमला राना, सुमनता प्रसाद खनाल, धनमाया नेपाली, शुशिला पौडेल, पार्वती श्रेष्ठ, मेघराज पोखरेल, तीर्थ बहादुर श्रेष्ठ रहेका छन । 
    यसैगरि लेखा समिति संयोजकमा बलराम काफले, टिकाराम शर्मा, देविकला थापा तथा सदस्य पदमा थम कुमारी कार्की, ध्रुवराज खनाल, गणेश बहादुर सारु, अर्चना पन्थी उम्मेदबारी परेको    प्रमुख निर्वाचन आयुक्त महेन्द्र थापाले बताए । 
    मतदान कार्यक्रमको बुटवल उपमहानगरपालिकाका वडा नं. २ का वडा अध्यक्ष सुनिल शाक्यले मतदान गरि शुभारम्भ गरेका छन । हाल समितिमा ७ सय ६ जना सदस्यहरु रहेका छन । 


    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij