२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रोट्रयाक्ट क्लब अफ बुटवल साउथले भलिबल प्रतियोगिता आयोजना गर्ने

रोट्रयाक्ट क्लब अफ बुटवल साउथले भलिबल प्रतियोगिता आयोजना गर्ने

रोट्रयाक्ट क्लब अफ बुटवल साउथले भलिबल प्रतियोगिता आयोजना गर्ने

रोट्रयाक्ट क्लब अफ बुटवल साउथले भलिबल प्रतियोगिता आयोजना गर्ने

रोट्रयाक्ट क्लब अफ बुटवल साउथले भलिबल प्रतियोगिता आयोजना गर्ने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, चैत्र १३ २०८१
बिहिवार, चैत्र १३ २०८१
  • बुटवल । रोट्रयाक्ट क्लब अफ बुटवल साउथले १२औँ संस्करणको भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै स्वर्गीय रोटरियन कमलराज पाठकको स्मृतिमा यही चैत १५ र १६ गते दुईदिन प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ ।

    क्लबका अध्यक्ष सुदीप पौडेलले प्रतियोगिताको तयारी अन्तीम चरणमा पुगेको जानकारी दिए । रोट्रयाक्ट क्लब अफ बुटवल साउथले यस क्षेत्रमा रहेका रोट्रयाक्ट र रोटरी क्लबहरुलाई सहभागी गराएर हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आइरहेको उनले बताए ।

    प्रतियोगिताको उद्घाटन नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाँले गर्ने क्लबका निवर्तमान अध्यक्ष तथा डिस्ट्रिक सेक्रेटरी सुविन खड्काले जानकारी दिए । उनका अनुसार हालसम्म र १५ वटा रोट्रयाक्ट र ५ वटा रोटरी क्लबले टिम दर्ता गराइसकेका छन् । टिम दर्ता शुल्क ४ हजार तोकिएको कार्यक्रम संयोजक तुलसीराम भण्डारी (इपल) ले जानकारी दिए । प्रतियोगिता दीपनगरस्थित लाफा समूहको मैदानमा आयोजना हुने उनले बताए ।

    अघिल्लो वर्ष आयोजना गरिएको प्रतियोगितामा २० वटा टिम सहभागी भएको डिआरआर विक्रम क्षेत्रीले जानकारी दिए । डिस्ट्रिक मिडिया कोडिनेटर आविस्कार खनालले क्लवहरुबीच हुने यस्ता प्रतियोगिताहरुले आत्मियताको भावना विकास हुने बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij