२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

३० हजार घुस सहित दुर्गौलिया चौकी इन्चार्ज पक्राउ

३० हजार घुस सहित दुर्गौलिया चौकी इन्चार्ज पक्राउ

३० हजार घुस सहित दुर्गौलिया चौकी इन्चार्ज पक्राउ

३० हजार घुस सहित दुर्गौलिया चौकी इन्चार्ज पक्राउ

३० हजार घुस सहित दुर्गौलिया चौकी इन्चार्ज पक्राउ
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बिहिवार, चैत्र १३ २०८१
बिहिवार, चैत्र १३ २०८१
  • भैरहवा । रुपन्देहीको मर्चवार क्षेत्रबाट घुस सहित सई पक्राउ परेका छन । प्रहरी चौकी हाटीबनगाई (दुर्गौलिया) का प्रमुख प्रहरी नायब निरीक्षक (सई)खिम बहादुर खड्कालाई बिहिबार दिउँसो ३० हजार नगद सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

    दुर्गौलिया नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरीदिने भनी सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो । 

    मायादेवी गाउँपालिका वडा नं.६ मकरीमाबाट नियन्त्रण लिई उनीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । 

    जिल्लामा पछिल्लो समय तस्करी बढेसँगै तस्कर र सुरक्षा निकायको समन्धलाई यो घटना झस्काएको छ । केही समय न्यून भएको तस्कर विस्तारै मौलाउदै गएको छ । 
     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij