परासी । पश्चिम नवलपरासीमा नसर्ने रोग नियन्त्रण तथा स्वास्थ्कर जिवनशैली प्रबद्र्धन सम्बन्धी एक दिने अभिमुखिकरण गरिएको छ ।
स्वास्थ्य कार्यालय नवलपरासीको आयोजनामा स्वास्थ्यकर्मी बिद्यालयका, क्यापस, सामाजिक अगुवा, जनप्रतिनीधी धामी झाक्रीसंग अन्य सरोकारवालासंग नसर्ने रोग नियन्त्रण तथा स्वास्थ्कर जिवनशैली प्रबद्र्धन सम्बन्धी एक दिने अभिमुखिकरण गरिएको हो ।
स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक प्रशन्न मान महर्जनले नसर्ने रोगहरुबारे सशक्तिकारण गर्ने ,समुदायलाई सुशुचित गर्ने जानकारी दिने ,सुर्तीजन्य तथा मादक पदार्थको बिक्रीबितरण तथा प्रयोगमा नियमन गर्ने ,मानसिक स्वास्थ्य प्रबद्र्धन लगायतका बारे जानकारी गराएका थिए ।
जिल्लामा दुई हजार ८सय २४ जनालाई नमुना परीक्षण गरिएको महर्जनले बताए । उनको अनुसार शंकस्पद एक दुई हजार ६४ जना रहेको जध्ये शंकास्पद मधुमेह एक हजार ३२ जना भेटिएको जानकारी दिए । पिसाब परीक्षण गर्दा पिसाबमा प्रोटिन चार सय ६४ भेटिएको महर्जनले बताए ।
स्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत निरज रानाले बिश्वभर सरदर चार करोड १० लाख मानिसको नसर्ने रोगबाट मुत्यु हुने गरेको जानकारी दिए । नेपालमा ७१ प्रतिशत मुत्यु कारण नसर्ने रोग रहको रानाले बताए । नसर्ने रोगहरु जिवनशैली,बशानुगत बातारवरणी प्रभावको कारण लाग्ने गरेको रानाको भनाई थियो ।
कार्यक्रममा रामग्राम नागरपालिकाका स्वास्थ्यका जनस्वास्थ्य निरीक्षक सुरज हरिजन ,सुक्रौली स्वास्थ्य चौकीका प्रमुख बलराम सापकोटा,लगायत स्वास्थ्यकर्मीहरुले धारण राखेका थिए ।




