२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बुटवलमा आइतबार एजुकेशन एक्स्पो

बुटवलमा आइतबार एजुकेशन एक्स्पो

बुटवलमा आइतबार एजुकेशन एक्स्पो

बुटवलमा आइतबार एजुकेशन एक्स्पो

बुटवलमा आइतबार एजुकेशन एक्स्पो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, चैत्र १५ २०८१
शनिवार, चैत्र १५ २०८१
  • बुटवल । शैक्षिक हवको रुपमा परिचय बनाएको बुटवलमा एजुकेशन एक्स्पो हुँदैछ। आईतबार बुट्वल मिलनचोक, स्टेलर प्रिमाइसेसमा ग्रान्ड एजुकेशन एक्स्पो आयोजना हुन गइरहेको हो। 


     स्टेलर इन्टरनेशनल एजुकेशन र आरबीएस इन्टेलेक्ट नेपालको संयुक्त आयोननामा हुने एक्स्पोमा विश्वभरका प्रतिष्ठित विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूको सहभागिता रहने स्टेलरका बुटवल शाखा म्यानेजिङ्ग डाईरेक्टर सुर्य रिजालले जानकारी दिए।


    एक्स्पोको मुख्य आकर्षणमा विद्यार्थीहरू र अभिभावकहरूले विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्न सक्नेछन्। रिजालका अनुसार  उच्च शिक्षा अध्ययनका लागि योग्य पाठ्यक्रम चयन गर्न विशेषज्ञहरूबाट निःशुल्क परामर्श लिन सक्नेछन् भने विदेश अध्ययनका अवसरहरू अन्तरगत न्यूज़िल्यान्ड, बेलायत, अस्ट्रेलिया, क्यानडा लगायतका देशहरूमा अध्ययन गर्ने अवसरबारे विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ।


    योग्य विद्यार्थीहरूका लागि छात्रवृत्ति तथा वित्तीय सहायता योजनाहरूबारे जानकारी तथा  आवेदन प्रक्रिया र प्रवेश प्रक्रियाबारे जानकारी गराईने रिजालले जानकारी दिए। 
    एक्स्पोमा स्टेलर इन्टरनेशनल एजुकेशन तथा आरबीएस इन्टेलेक्ट नेपालका प्रबन्ध निर्देशक सुदिप के.सी., न्यूजिल्यान्डका पूर्व-इमिग्रेशन अफिसर जनवी सहस्रबुद्ध, लिन्कन विश्वविद्यालयकी अन्तर्राष्ट्रिय निर्देशक एनी गोह लगायत प्रमुख वक्ताको रुपमा सहभागी हुनेछन। 
    यस एक्स्पोमा लिन्कन युनिभर्सिटी, युनिभर्सिटी अफ ब्राडफोर्ड, वेब्स्टर युनिभर्सिटी, युनिभर्सिटी अफ तस्मानिया लगायतका थुप्रै अन्तर्राष्ट्रिय विश्वविद्यालयहरू सहभागी हुँदैछन्।


    आईतबार  बिहान ११:०० बजेबाट  स्टेलर एजुकेशन बुटवल, मिलनचोकमा एक्स्पो सञ्चालन हुनेछ। एक्स्पोमा सहभागी हुन विद्यार्थी, अभिभावक तथा इच्छुकहरूका लागि प्रवेश निःशुल्क रहेको छ। साथै मार्च ३० देखि अप्रिल ३० सम्म कार्यालय भिजिट गर्नेहरुलाई ३३ प्रतिशत छुटको ब्यवस्थापन समेत गरिएको रिजालले जानकारी दिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij