२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

मुख्यमन्त्री सिंहद्वारा १३ अस्पताल बन्द गर्न निर्देशन

मुख्यमन्त्री सिंहद्वारा १३ अस्पताल बन्द गर्न निर्देशन

मुख्यमन्त्री सिंहद्वारा १३ अस्पताल बन्द गर्न निर्देशन

मुख्यमन्त्री सिंहद्वारा १३ अस्पताल बन्द गर्न निर्देशन

मुख्यमन्त्री सिंहद्वारा १३ अस्पताल बन्द गर्न निर्देशन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र १६ २०८१
आइतवार, चैत्र १६ २०८१
  • बुटवल । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहसहितको टोलीले सिरहाको मिर्चेयामा १४ वटा निजी अस्पताल तथा पोलिक्लिनिकको अनुगमन गरेको छ । तीमध्ये सेवा सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका १३ अस्पताल तथा पोलिक्लिनिकलाई बन्द गर्न मुख्यमन्त्री सिँहले निर्देशन दिएका छन् ।

    बन्द गर्न निर्देशन दिइएका अस्पतालमा समित माउन्ट हस्पिटल प्रालि, एस जेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर(पोलिक्लिनक), सिद्धकामना हस्पिटल प्रालि, शान्ति हेल्थ केयर प्रालि, बाल संसार हेल्थ केयर प्रालि, राम ओरल एण्ड डेन्टल क्लिनक, रेखा नर्सिङ होम, मिथिला चश्माघर आँखा उपचार केन्द्र, बालकल्याण हेल्थ केयर प्रालि, विष्णु पोलिक्लिनिक, लक्ष्मी हेल्थ केयर प्रालि र लाइफलाइन क्लिनिक छन् ।    

    मिर्चेया नगरपालिकाबाट १५ बेडको सेवा सञ्चालन अनुमति लिएको मनकामना मिड इस्टर्न अस्पतालमा मापदण्ड पुरा नगरी २५ शय्याभन्दा बढीको अस्पतालमा उपलब्ध हुने सेवा सञ्चालन भइरहेकाले १५ दिनभित्र अनुगमन गराई मापदण्डअनुसार सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ ।

    प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्यसचिव र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरले १५ शय्याको सो अस्पतालले आवश्यक आधारभूत स्वास्थ्य सेवा नदिई एनेस्थेसियाका चिकित्सक नराखी मेजर शल्यक्रिया गर्नेगरेको र भेन्टिलेटरसमेत नभएको पाइएको बताए । सो अस्पताललाई प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको टोलीबाट १५ दिनभित्र अनुगमन गराई अनुमतिअनुसारको सेवा सञ्चालन गर्न निर्देशन दिइएको जनस्वास्थ्य अधिकृत ठाकुरले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij