२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

ओआइडीडी अवार्डको भोटिङमा तिलोत्तमा पहिलो

ओआइडीडी अवार्डको भोटिङमा तिलोत्तमा पहिलो

ओआइडीडी अवार्डको भोटिङमा तिलोत्तमा पहिलो

ओआइडीडी अवार्डको भोटिङमा तिलोत्तमा पहिलो

ओआइडीडी अवार्डको भोटिङमा तिलोत्तमा पहिलो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र १६ २०८१
आइतवार, चैत्र १६ २०८१
  • तिलोत्तमा । जनसहभागितामा आधारित असल अभ्यासको बिच अन्तर्राष्ट्रियस्तरको ओआइडीपी अवार्डको अनलाइन भोटिङमा रुपन्देहीको तिलोत्तमा नगरपालिका पहिलो भएको छ । स्पेनको इन्टरनेसनल अब्जरभेटरी अन पार्टिसिपेसन डेमोक्रेसी (ओआइडीपी) संस्थाले १९औं संस्करणको अवार्डका लागि मागेको आवेदनमा विश्वका ३७ देशका स्थानीय र प्रदेश सरकार गरी १३७ मध्ये पहिलो चरणमा तिलोत्तमा उत्कृष्ट ४० मा छनोट भएको थियो ।


    छनोट भएका ४० आवेदकबिच मार्च २८ सम्म एक हप्ताको अवधि राखेर अनलाइनमार्फत् खुला भोटिङ भएको थियो । जसमा तिलोत्तमाले सबैभन्दा बढी १७३६ मत पाएर पहिलो भएको ओआइडीपीले नगरप्रमुख रामकृष्ण खाँणलाई पठाएको पत्रमा जानकारी गराइएको छ । खुल्ला भोटको ५० अंक र जुरी (निर्णायक) को ५० अंकका आधारमा अवार्ड विजेता घोषणा गरिने छ । तिलोत्तमा नेपालको मात्र नभई सार्क राष्ट्रहरुमध्येबाट अवार्डको अन्तिम प्रतिस्पर्धामा पुग्न सफल भएको एक मात्र पालिका थियो ।
    मे महिनाको २१ देखि २३ सम्म अर्जेन्टिनाको कोर्डोबामा हुने २४औं ओआईडीपी कन्फेरेन्स (सम्मेलन) मा अवार्ड विजेता घोषणा गरी वितरण गरिने छ ।


    ओआइडीपीले विभिन्न पाँचवटा विधामा आवेदन माग गरेकोमा तिलोत्तमा ‘ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा’ अभियानअन्तर्गत पारिस्थितिक संक्रमण र वातावरण (इकोलोजिकलक ट्रान्जिसन एण्ड इन्भाइरन्मेन्ट) विधामा छनोट भएको थियो । नगरवासीको वृहत् सहभागितामा हरेक महिनाको १ गते र १५ गते नगर सरसफाइ तथा हरियाली प्रवद्र्धन अभियानलाई २०७४ सालदेखि ८ वर्षसम्म निरन्तर सञ्चालन गरेकाले तिलोत्तमा नगरपालिका अवार्डको फाइनलमा पुग्न सफल भएको नगरप्रमुख खाँणले बताए ।
    पहिलो नगर प्रमुख बासुदेव घिमिरेको पालामा सुरु भएको जनसहभागितामा नगर सरसफाइ तथा हरियाली प्रवद्र्धन अभियानले अहिले १४१औं श्रृंखला सम्पन्न गरेको छ । सोही अभियानअन्तर्गत तिलोत्तमा शून्य खुल्ला पोलिथिन नगर घोषित भएको छ ।


    तत्कालीन नगर प्रमुख एवं हालका प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले ओआइडीपी अवार्डमा तिलोत्तमा छनोट हुनुले जनसहभागितामा आधारित सरसफाइ र हरियाली प्रवद्र्धन अभियान नेपालमा मात्र नभइ विश्वमै नमूना र उदाहरणीय काम पुष्टि भएको उल्लेख गरे । उनले यो अभियानलाई नेपालका सबै पालिकाहरुले अनुशरण गर्दा सिंगो नेपाल विश्वकै सफा र सुन्दर देश बन्न सम्भव रहेको बताएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij