२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

शंकरनगर वन बिहारको अध्यक्षमा चारजनाको उम्मेदवारी

शंकरनगर वन बिहारको अध्यक्षमा चारजनाको उम्मेदवारी

मतदान चैत २२ गते ८ गतेदेखि १ बजेसम्म तोकिएको छ । केन्द्रमा ७७६ मतदाता रहेका छन् ।

शंकरनगर वन बिहारको अध्यक्षमा चारजनाको उम्मेदवारी

शंकरनगर वन बिहारको अध्यक्षमा चारजनाको उम्मेदवारी

मतदान चैत २२ गते ८ गतेदेखि १ बजेसम्म तोकिएको छ । केन्द्रमा ७७६ मतदाता रहेका छन् ।

शंकरनगर वन बिहारको अध्यक्षमा चारजनाको उम्मेदवारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र १६ २०८१
आइतवार, चैत्र १६ २०८१
  • तिलोत्तमा । शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वन बाटिका) को नयां नेतृत्वका लागि अध्यक्षमा चारजनाको उम्मेदवारी परेको छ । केन्द्रको चौथो अधिवेशन अन्तर्गत शुक्रबार भएको मनोनयन दाखिलामा अध्यक्ष पदमा वर्तमान अध्यक्ष बेलप्रसाद शर्मा,उपाध्यक्ष खिमलाल पाण्डे, कार्यसमिति सदस्य किरण खरेल र टिकादेवी आलेले उम्मेदवारी दर्ता गरेका छन् । 
    शर्मा माओवादी केन्द्रका, पाण्डे विप्लव नेतृत्वको नेकपा निकट, खरेल नेकपा एमाले र नेपाली कांग्रेसको साझा र आले राष्ट्रिय जनमुक्ति पार्टीकी हुन् । 
    यस्तै उपाध्यक्षमा प्रेमराज खनाल, मिनप्रसाद देवकोटा,लेखबहादुर खड्का र चन्दा थापाको उम्मेदवारी परेको निर्वाचन समिति संयोजक मोहन चापागाईले जानकारी दिए । 
    यस्तै सचिवमा हरिकला अधिकारी (कमला),रुक्मागत पाण्डेय र विदुर केसीले उम्मेदवरी दिएका छन् । कोषाध्यक्षमा हालका कोषाध्यक्ष मनिराम भट्टराई,सौरभ भुसाल,उदलसिंह थापाले उम्मेदवारी दर्ता गरेका छन् । 
    लेखा समिति संयोजकमा प्रदीप पराजुली र राजु खरेलले उम्मेदवारी दर्ता गरेका छन् । लेखा समिति सदस्यमा ८ जनाको उम्मेदवारी परेको छ । कार्यसमिति सदस्यमा ५७ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारको नामावली फिर्ता चैत १८ गते दिउसो २ बजेसम्म र अन्तिम नामावली प्रकाशन चैत १८ गते ५ बजेलाई तोकिएको निर्वाचन समिति संयोजक चापागाईले बताए । केन्द्रको नेतृत्वमा नेकपा एमाले र नेपाली कांग्रेसबीच पदाधिकारी र सदस्यमा बांडफांड गरी मिलेर जाने सहमति गरिएको छ । अध्यक्षमा उम्मेदवारी दिएका शर्मा माओवादी केन्द्रका हुन् भने पाण्डे नेकपा (विप्लव) निकट हुन् भने खरेल नेकपा एमालेका हुन् । 
    मतदान चैत २२ गते ८ गतेदेखि १ बजेसम्म तोकिएको छ । केन्द्रमा ७७६ मतदाता रहेका छन् ।  कार्यसमितिको कार्यकाल चार वर्ष रहेको छ । वन बाटिका रुपन्देहीको मात्र नभई लुम्बिनी प्रदेशकै सबैभन्दा धेरै क्षेत्रफलको फराकिलो र आकर्षक पर्यटकीय स्थलको रुपमा विकास भएको छ । केन्द्रका संस्थापक अध्यक्ष स्वर्गीय वाबुराम अर्यालको अगुवाईमा शंकरनगर सामदायिक वनको केही वन्जर झाडी क्षेत्रलाई संरक्षण र सौन्दर्यीकरण गरी नमूना पर्यटकीय स्थल बनाइएको हो ।   

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij